२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

प्रतिनिधिसभा चुनावमा ८७ दल सहभागी हुने, चार दल संयुक्त रुपमा सहभागी हुने



आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनाव ८७ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको हो ।

त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको आयोगले जनाएको छ । त्यस्तै संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४ वटा रहेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा चुनावमा लागि ७९ वटा निर्वाचन चिह्न रहेको छ ।

त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी ७५ वटा दल सहभागी हुने भएका छन् । त्यसपछि वाग्मती प्रदेशसभा चुनावमा ७२ दलले भाग लिनेछन् । त्यसैगरी प्रदेश १ मा ७०, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४/६४ दल सहभागी हुने भएका छन् । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४/४ वटा रहेको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ४ : ५२ बजे