१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

अझै सकिएन चोलेन्द्रको वयान, बाँकी रह्यो ८ प्रश्न



निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्ध लागेको आरोपबारे आइतवार पनि सकिएको छैन । जम्मा ३५ वटा प्रश्नको जवाफ दिएपछि थप प्रश्नको जवाफ २८ गते लिने गरी महाअभियोग सिफारिस समितिको बैठक सकियो ।

महाअभियोग सिफारिस समितिका सदस्य एवम् नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले जबराबाट ३५ प्रश्नको जवाफ आएको बताउँदै बाँकी बयान अब भदौ २८ गते लिइने जानकारी दिएका छन् ।

उनले चौथो दिनको बयान सकिँदासम्म ३५ प्रश्नको जवाफ दिएका हुन्। उनले तेस्रो दिनसम्म ११ वटा प्रश्नको जवाफ दिएका थिए। चौथो दिन आइतवार उनले थप २४ वटा प्रश्नको जवाफ दिएका हुन् ।

चोलेन्द्र बयानका लागि पाँच मिनेटअघि नै सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा पुगेका थिए । समितिले अब २८ गते ४३ मध्ये बाँकी ८ वटा प्रश्नको जवाफ चोलेन्द्रसँग लिनेछ ।

संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ । तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ ।

संसदकै आयु सकिँदैछ, अब के हुन्छ चोलेन्द्रको महाभियोग? पहिले संसदको कार्यकाल नै प्रष्ट भइसकेको थिएन।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ५ : ३९ बजे