मेडिकल क्षेत्रको विकासको माग राखेर १३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँग १० बुँदे सहमति भएपछि शनिबार राति उनले अनसन तोडेका हुन् ।
केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ । अनसन तोडेपछिको पत्रकार सम्मेलनमा डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिए । विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए ।















