३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

नायग्रा फल्समा नेपाल फेस्टिवल सम्पन्न



”हामी नेपाली ग्लोवल”को आयोजनामा अमेरिकाको न्यूयोर्कस्थित नायग्रा फल्समा नेपाल फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ ।

हालै सम्पन्न फेस्टिवल समाजका अध्यक्ष अमृत लामाको नेतृत्व, न्युर्योकका लागि नेपाली कन्सुलेट जनरल विष्णु गौतमको विशिष्ट आतिथ्यता, नेपाली पर्यटनदूत केशवराम राईको संयोजकत्व तथा किरात याक्थुङ चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङको सञ्चालनमा सम्पन्न भएको हो ।

हामी नेपाली ग्लोवलका सभापति इन्दिरा त्रिपाठीले महिलाको प्रतिनिधित्व गरेकी थिइन् भने नेपालका राष्ट्रिय खेलाडी तथा नायक राजकुमार राई क्यानडाबाट उपस्थित उक्त कार्यक्रममा समाजका अध्यक्ष लामाले अमेरिकामा रहेका सबै नेपालीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।

उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका सभापति शंकर पन्तले नेपालको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारमा समाजले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए भने नायग्रा फल्सका मेयर रोर्बेट रेस्टिनोले सबैलाई नेपाल भ्रमण गर्न आव्हान गर्दै सबै कम्युनिटीले एक अर्काको संस्कृति आदान–प्रदान गर्न परस्पर सहयोग गर्नुपर्ने बताएका थिए । उनले नेपाली समुदायका लागि सदैव सहयोग गर्ने बताउँदै आयोजक संस्थालाई कदरपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा न्यूयोर्क शहरका मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्ड सदस्य एवं कलेज प्वाइन्ट सिभिक र ट्याक्सपेयरस एसोसियसनका अध्यक्ष तथा हामी नेपाली ग्लोवलका वरिष्ठ उपाध्यक्ष नवराज केसीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

उक्त पहिलो सत्रको कार्यक्रम पश्चात नायग्रा फल्स एरियामा नेपाली झण्डा फहराउनुका साथै नेपाली पहिचान, नेपाली उत्पादन तथा कला संस्कृतिको प्रस्तुति गरिएको थियो । उक्त प्रस्तुति पश्चात कार्यक्रममा विशेष सहयोग पुर्याउनेहरुलाई आयोजक संस्थाद्वारा सम्मानपत्र वितरण गरिएको थियो ।

सोही क्रममा एनआरएनए अमेरिकाका सभापति सूर्य लम्सालले नेपाल र नेपाली पर्यटन तथा कला, संस्कृतिको प्रचार–प्रसारका लागि अमेरिकाभरी नै यस्ता कार्यक्रमहरु गरिनुपर्ने बताए । साथै आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार विष्टले नेपालमा अमेरिकी तथा विदेशी पर्यटक भित्राउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।

त्यस्तै हामी नेपाली ग्लोवलका विजनेश डाइरेक्टर शेषराज खतिवडाले नेपाल र नेपाली चिनाउने उद्देश्यले फेस्टिवलको आयोजना गरिएको बताएका थिए भने उपाध्यक्ष टेक वाइवाले नायग्राफल्समा पहिलोपटक सबैको सहयोगमा यस्तो कार्यक्रम आयोजना गर्न सफल भएकोमा खुसी व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रमका आर्थिक संयोजक शोभाकान्त पाण्डेले कार्यक्रमका लागि आर्थिक सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै नेपाली कला संस्कृतिको सबैतिर प्रचार गर्न सके नेपालमा धेरै पर्यटक भित्र्याउन सकिने बताए ।

त्यसैगरी प्रवासी नेपाली एकता मञ्चका निर्वतमान अध्यक्ष टेक गुरुङले संस्थाले उदाहरणीय कार्य गरेको भन्दै सरहना गरेका थिए भने पञ्जावी हट रेष्टुरेण्टका सञ्चालकले भारत र नेपालको संस्कृति मिल्दोजुल्दो रहेको भन्दै दुवै देशका नागरिकबीचको मित्रता गाढा रहेको बताए ।

संस्थाका स्पोर्ट डाइरेक्टर तथा तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका सभापति मोहन वाइवा, संस्थाका अमेरिका च्याप्टर र तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका केन्द्रीय सदस्य तथा कार्यक्रमका यातायात संयोजक सङडुप्पा लामालगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसहितको र्‍याली नायग्रा फल्स पुगेको थियो । शेपा संघ
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष लामाले कार्यक्रममा सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ भव्यरुपमा यस्ता कार्यक्रम गर्ने बताएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : ४२ बजे