७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

न्युयोर्कमा परम्परागत तरिकाले देउसी भैलो कार्यक्रम



न्युयोर्क । न्युयोर्कमा नेपालीहरुले नेतृत्व गरेको २ वटा लायन्स क्लबले संयुक्तरुपमा आफ्नो मौलिक परम्परा अनुसार देउसी भैलो मनाएका छन् ।

न्युयोर्कको क्विन्स स्थित लायन्स क्लब अफ क्विन्स केटिएम र लायन्स क्लब अफ क्विन्स बुद्धले संयुक्तरुपमा गत शनिबार दिन भरी र राती १० बजेसम्म नेपाली मौलिक परम्परा अनुसार घर-घर र नेपालीहरुको पसल – पसलमा गई देउसी र भैलो भट्याउदै खेलेको हो ।

देउसी भैलो कार्यक्रमकी संयोजक तथा लायन्स क्लब अफ क्विन्स केटिएमकी अध्यक्ष रश्मी श्रेस्ठ भन्छिन् “एसरी देउसी भैलो खेल्नुको मुख्य उदेश्य भनेको रुपैया पैसा संकलन गर्नु भन्दा पनि हाम्रो रितिरिबाज, परम्परा, संस्कार र मौलिकतालाई बिश्व सामु चिनाउन मदत गर्नु एस्को निरन्तरता प्रवासमा बसेर पनि गर्नु हो ।”

देउसी भैलो कार्यक्रम लायन्स क्लब अफ क्विन्स केटिएमको कार्यालयबाट सुरु गरी न्युयोर्कको प्राय जसो सम्पूर्ण नेपालीको ब्यवसायहरुमा खेल्दै क्विन्स केटिएम क्लबकी सचिब करुणा श्रेस्ठको निवास रिजवुडमा देउसी भैलोको साथै खानपिन गरि लायन्स क्लब अफ क्विन्स बुद्धका चार्टर्ड अध्यक्ष कृष्ण आचार्यको घरमा पुगी कार्यक्रमको बिसर्जन भएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १२ : ०३ बजे