१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

नर्थक्यारोलिनामा शुभकामना साँझ


Ang

१४ कार्तिक २०७९, सोमबार  

188
Shares

नेपाल सेन्टर अफ नर्थक्यारोलिना (एनसिएनसि) ले नेपालीले मनाउदै आइरहेको चाडपर्व दशैतिहार, छठ र ल्होसारको अवसर पारेर शुभकामना साँझ कार्यक्रमको आयोजना गर्यो‍ । नेपाली गीत संगीत र नेपाली खाना परिकारको साथ आयोजित कार्यक्रम हिन्दु सोसाइटीको मन्दिरमा भएको थियो ।

कार्यक्रममा कवि नवराज पराजुलीले मार्मिक कविता वाचन गरेका थिए भने र न्युयोर्कबाट आएका गायक विमल ढांगीले लोक तथा आधुनिक गीतहरु प्रस्तुत गरेका थिए । नेपालको मौलिक कला सँस्कृतिलाई जगेर्न गर्न हरेक वर्ष झै यसपटक पनि शुभकामना आदानप्रदान सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको एनसिएनसिको अध्यक्ष आरपी पौडेलले बताए ।

कार्यक्रममा बोर्डको तर्फबाट सहसचिव रचना सुवेदीले अतिथिहरुलाई स्वागत मन्तव्य दिएकी थिइन् । एनसिएनसिका महासचिव डा‍. विकास शाक्यले सञ्चालन गरेको कार्यक्रममा प्रियंशु नेपाल र सौरभी ढकालले साथ दिएका थिए । विगत लामो समयदेखि यही जन्मेका बालबालिकाहरुलको लागि सञ्चालन गर्दै आएको नेपाली भाषा स्कुलमा योगदान दिंदै आइरहेका गुरुआमाहरुलाई एनसिएनसिका अध्यक्ष पौडेलले धन्यवादसहित प्रसंशा पत्र प्रदान गरेका थिए । सांस्कृतिक कार्यक्रमको संयोजन एनसिएनसिका बोर्ड मेम्बर तथा सांस्कृतिक कार्यक्रम संयोजक पार्वती तिमिल्सिनाले गरेकी थिइन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : २६ बजे