सुदूरपश्चिममा गत राती गएको भूकम्पमा पारी छ जनाको मृत्यु भएको छ । त्यसमध्ये तीन जना एकै परिवकारका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ टाढा गाउँमा घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको मृत्यु भएको हो ।
मंगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्किएर ३० वर्षीया भगवतीदेवी बोहरा, उनका छोरी १३ वर्षीया सीता बोहरा र छोरा ७ वर्षीय हर्क बोहराको मुत्यु भएको हो।
यस्तै भूकम्पले घर भत्किएर ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र १६ वर्षीया धनसरी बोहराको मृत्यु भएको छ ।
भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि हेलिकप्टरबाट डोटी अस्पताल पूर्याइएको हो ।
सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुशको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।
गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट आठ घर पूर्णरुपमा भत्किएर क्षति पुगेको बताइएको छ ।