२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

बेलायती राजा चार्ल्समाथि अण्डा प्रहार, एक जना पक्राउ

योर्क शहरको भ्रमणमा रहेका बेला राजा चार्ल्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ ।

राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले “यो देश दासको रगतले बनेको हो,” नारा लगाएका थिएभने भीडले “भगवानले राजालाई बचाऊन् नारा लगाएको थियो । राजा चार्ल्स नाराबाजीबाट प्रभावित नभइकन ‘फुटपाथ’मा छरिएका अण्डाका वरिपरि घुमेको बताइएको छ । राजा चार्ल्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा थिए ।

यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्याण्डको एडिनबरामा एक जना प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । उनले ‘राजतन्त्रको अन्त्य गर,’ लेखिएको ‘प्लेकार्ड’ बोकेर राजा चार्ल्सको विरोध गरेका थिए । बेलायतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ । सन् १९८६ मा न्युजिल्यान्डको राजकीय भ्रमणमा रहेकाबेला महारानी एलिजाबेथमाथि एक महिलाले अण्डा प्रहार गरेकी थिइन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  २ : २७ बजे