नेपाली कांग्रेसका नेता मानबहादुर लिम्बूले मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) मा उम्मेदवारी दर्ता गरेका छन् । यस क्षेत्रमा कांग्रेसबाट उम्मेदवार रहेका प्रदेश नम्बर १ का वनमन्त्रीसमेत रहेका शेखरचन्द्र थापाको बुधबार निधन भए पछि निर्वाचन आयोगले नयाँ कार्यतालिका प्रकाशित गरेको थियो ।
थापाको निधनपछि निर्वाचन आयोगले नयाँ कार्यतालिका प्रकाशित गर्दै बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न समय दिएको थियो ।
बेलबारी ८ का लिम्बू कांग्रेसका महासमिति सदस्य हुन् । उनी नेविसंघ मोरङका पूर्वअध्यक्ष पनि हुन् ।