१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

पल शाहलाई सफाइ दिन उच्च अदालतमा पुनरावेदन



बाल यौन दुरुपयोगको आरोपमा जिल्ला अदालत नवलपुरले दोषी ठहर गरेका नायक पल शाहलाई सफाइको माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको छ ।

शाहका कानुन व्यवसायीले शुक्रबार जिल्ला अदालतको फैसला उल्ट्याई सफाइ दिन माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

नाबालिग बालत्कारको अभियोगमा सफाइ दिए पनि अदालतले बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

पल शाहलाई जबरजस्ती करणीको कसुरमा अभियोग लागेको छ । अदालतले जबरजस्ती करणी गरेको ठहर नभएको भन्दै उक्त अभियोगमा सफाइ दिएको थियो। तर बालबालिकालाई यौन आसयले क्रियाकलाप गरेको भन्दै बाल यौन दुपयोगमा सजाय गरेको थियो।

शाहविरुद्ध बलात्कारकै आरोपमा जिल्ला अदालत तनहुँमा पनि मुद्दा दर्ता छ। जिल्ला अदालतमा मंसिर २५ गतेलाई पेशी तोकिएको छ। पल तनहुँको कारागारमा छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ३ : ५५ बजे