६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

एनआरएनएको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण



गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । एनआरएनएको आयोजना तथा कैलाली द्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको हो ।

जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई रु साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग गरिएको एनआरएनएका कार्यकारी अध्यक्ष रवीना थापाले जानकारी दिए । एनआरएनएले खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएको छ । एनआरएनएले २०७२ सालको गोरखा भूकम्पबाट पीडितलाई विभिन्न जिल्लामा सहयोग गरेको थियो । यही कात्तिक २२ गते गएको भूकम्पबाट डोटीमा ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १ : ४२ बजे