३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का पनि बर्खास्त



गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् । चुनावमा गठबन्धन उम्मेदवारलाई सहयोग नगरेको भन्दै बर्खास्त गरिएको उनी दोस्रो मन्त्री हुन् ।

आफ्ना पार्टी पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार मन्त्री खड्कालाई बर्खास्त गरेका हुन् । उनी उम्मेदवार बन्न नपाएपछि निष्क्रिय थिए । खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका थिए ।

खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त भएका थिए । यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ३६ बजे