२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

देउवाले कुनै हालतमा संसदको विघटन नगराउने



सत्ता गठबन्धनको तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुले कुनै हालतमा पनि संसद विघटन नगर्ने जनाएका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा नदिएको अधिकार प्रयोग गरेर दुई पटक संसद विघटन गरेको आरोप लगाए ।

मंगलबार पाँचदलीय गठबन्धनले सुर्खेतको मेहेलकुनामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताएका छन् ।

‘ओलीले संसदलाई अंगभंग गर्न खोजे’ उनले भने, ‘जनतालाई हामी के विश्वास दिलाउन चाहन्छौं भने हामीले कुनै पनि हालतमा संसद भंग गर्दैनौं । संसदलाई पूर्ण कार्यकाल राख्छौं ।’

छोटो समय बोलेका देउवाले गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पूणर्बहादुर खड्का र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

साथै देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन् । उनले त्यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन आग्रह पनि गरेका थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ४३ बजे