नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्ने भएका छन्।
अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा संसद्मा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् । अब उनले छैटौं पटक प्रतिनिधिसभा सदस्यका रुपमा सङ्घीय संसद्मा प्रवेश गर्नेछन्् ।
अध्यक्ष ओलीले ५२ हजार तीन १९ मत प्राप्त गरी जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ प्राप्त गरे । अध्यक्ष ओलीले २८ हजार पाँच सय ७६ मताअन्तरले जित हासिल गरे ।
दमक नगरपालिका–१०, झापा स्थायी ठेगाना भई हाल भक्तपुरको बालकोट निवासी पूर्वप्रधानमन्त्री ओली बाबु मोहनप्रसाद ओली र आमा स्व मधु ओलीको सन्तानको रुपमा २००८ फागुन ११ गते जन्मिएका हुन् ।