२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

चितवन – २ मा रवि लामिछानेको जित



चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ३४ हजार २६४ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरे । सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा ८३ हजार ९५६ मत खसेको थियो जसमा ३ हजार २५० बदर भएको थियो । लामिछानेलाई निकटतम् प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ९ : ३८ बजे