बिश्व भरिका समाजवादीहरूको साझा सस्था सोसलिस्ट इन्टरनेशनलको महाधिवेशनमा अमेरिका निवासी नेपाली मुलका बरिष्ठ कानुन व्यवसायी खगेन्द्र जिसि उपाध्याक्ष पदमा चयन भएका छन । जिसि नेपाली कांग्रेसको तर्फबाट नेपाली जनसम्पर्क समिति अमेरिकाको पुर्व अध्यक्षको रुपमा प्रतिनिधित्व गदै उपाध्याक्ष पदमा चयन भएका हुन । महाधिबेसनमा स्पेनको प्रधानमन्त्रि पेड्रो सान्चेज अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन । स्पेनको म्याडि्रडमामा भएको अधिबेसन गत नोभेम्बर २५ देखि २७ तीन दिन भएको थियो ।
यस अघि उक्त अधिबेसनमा नेपाली कांग्रेसको सभापतिद्वय, महामानव बि पी कोइराला र शेर बहादुर देउवाले नेपाली कांग्रेसको प्रतिनिधित्व गरि उपाध्यक्ष भएका थिए । यस पटक नेपाल र नेपाली कांग्रेसको तर्फबाट जन संपर्क समिती अमेरिकाका पूर्व अध्यक्ष खगेन्द जिसीले जन सम्पर्क समितिको पूर्व अध्यक्षका हैसियतले र अमेरिका निवासी वेद प्रसाद खरेल नेपाली काग्रेसका पूर्व महासमिती सदस्य , नेपाली जनसम्पर्क समिती अमेरिकाको पूर्व सह सयोजकका हैसियतले भाग लिएका थिए ।
नेपाली कांग्रेस लामो समयदेखि सोसलिस्ट इन्टरनेशनलको सदस्य रहदै आएको छ । महाधिवेशनको क्रममा जीसी र खरेल सग भएको भेट र छलफलका क्रममा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोना महामारीका बेलामा नेपाललाई गरेको सहयोगको बारेमा चर्चा गरेको महाधिवेशनमा सहभागी बेदप्रसाद खरेलले जानकारी दिए ।

भौगोलिक सन्तुलन र लैंगिक सन्तुलन सुनिश्चित गर्नको सोसलिस्ट इन्टरनेशनलका अधिकतम छत्तीस उपाध्यक्ष हुन सक्छन् । तर उम्मेदबारी भने ४५ जनाको परेको थियो । मध्यपूर्व र एसिया प्यासेफिकक्षेत्रबाट ८ जनाको उम्मेदबारी परेको थियो । यसभन्दा अगाडि सोसलिस्ट इन्टरनेशनलमा ३१ जना उपाध्यक्षहरु रहेकोमा हाल बिधान संशोधन गरेर ३६ जना बनाइएको थियो ।
५० बषिर्य पेड्रो सान्चेजले ग्रीसका पूर्व प्रधानमन्त्री जर्ज पापान्ड्रेउबाट विश्वभरका १सय ३२ राजनीतिक दलहरूको समूह रहेको सोसलिस्ट इन्टरनेशनलको प्रमुखको रूपमा कार्यभार ग्रहण गरेका छन । महाअधिवेशनमा विश्व भरिका १सय १७ देशका ३ सय ५० जनाको सहभागिता रहेको सहाभागी खरेलले बताए । सन् २०१४ देखि स्पेनको समाजवादी पार्टीको नेतृत्व गर्ने सान्चेज निर्विरोध निर्वाचित भएका हुन् । घानाकी बेनेडिक्टा लासी सोसलिष्ट इन्टरनेशनलको पहिलो महिला र अस्वेत महासचिव बनेकी छिन् ।

पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेर्रेसले सन् २००५ मा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको प्रमुख हुनु अघि सोसलिस्ट इन्टरनेशनलको नेतृत्व गरेका थिए । र पछि सन् २०१७ मा उनी संयुक्त राष्ट्र महासचिव बनेका थिए । महाधिवेशनमा निर्वाचित जिसि र वेद प्रसाद खरेलले नेपाली काग्रेस, लैंगिक समानता, आर्थिक अभिवृद्धिमा समाजवादीको भूमिकाका बारेमा कुरा राखेका थिए ।