३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

फिवनाको मेरिल्याण्डमा शाखा गठन



नेपाल आदिवासी जनजाति महिला महासॅघ अमेरिका (फिवना) मेरिल्याण्ड शाखा तदर्थ समिति कुस्मा सुर्यबंसीको संयोजकत्वमा गठन भएको छ ।

तदर्थ समितिका सदस्यहरूमा कल्पना सारू, रूबी थापा, पुनम भुजेल, कमला लिम्बु, देबिका राई र जसमाया जिरेल रहेका छन् ।

फिवनाका अध्यक्ष इन्दिरा चोङबाङको संयोजकत्वमा सम्पन्न मेरिल्याण्ड र न्यूयोर्कबासी नेपालका आदिवासी जनजाति महिलाहरूबीच भएको भेटघाट र छलफल कार्यक्रमबाट तदर्थ समिति गठन गर्ने निर्णय भएको हो । तदर्थ समितिले चाडो भन्दा चाडो एक भेलाको आयोजना गरेर कार्य समितिको स्वरूप दिने बताइएको छ ।

फिवनाको शाखा बिस्तारको योजना सन् २०११ देखि नै भए पनि बिबिध परिस्थितिका बाबजुद पहिलो पटक मेरिलेण्डमा नेपाली आदिवासी जनजाति महिलाहरु संगठित भएका हुन् । आगामी दिनहरूमा अन्य बिभिन्न राज्यहरुमा पिन शाखाहरू बिस्तार गर्ने सॅस्थाको योजनामा रहेको छ ।

यस कार्यक्रम सफल पार्ने क्रममा न्यूयोर्कबाट सॅस्थाकी अध्यक्ष इन्दिरा चोङबाङ र सकृय सदस्यद्वय शान्ति जिरेल र मच्छे गुरूङको सहभागिता थियो भने मेरिल्याण्ड र नूयोर्कबीचको पुलको काम सॅस्थापक अध्यक्ष तथा सल्लाहकार संगिनी मगरले गरेकी थिईन् ।

उक्त भेटघाट तथा छलफल कार्यक्रममा न्यूयोर्कका प्रतिनिधीहरूले फिवना के हो, किन गठन भयो, अहिले के कस्ता गतिबिधिहरू गरिरहेका छन् र भविष्यमा यसले के कस्ता गतिबिधीहरू गर्नेछन् भन्ने बिषयमा प्रस्तुती दिंदै जिज्ञासहरूको उत्तर दिएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ११ : १० बजे