२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

मेलम्चीको पानी शुक्रबारदेखि वितरण हुने



काठमाडौँ । मेलम्ची आयोजनाले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा शुक्रबारदेखि पानी वितरण गर्ने भएको छ ।

बाढीले मुहान क्षति गर्ने सम्भावना भएका कारण हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि पानी प्रवेश गराइएको थियो ।

मंसिर १८ गते काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो । प्रशोधित पानी बिहीबार बेलुकी महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना रहेको छ । शुक्रबार बिहान पानी औपचारिक घर–घरको धारहरूमा पठाइनेछ । पानी सबै स्थानमा भने एकै पटक पठाइने छैन । सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ ।

यसको व्यवस्थापन भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) ले गर्नेछ । उपत्यकाको आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जेलगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ५ : ०८ बजे