काठमाडौं । काठमाडौंमा बुधबार ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ सुरु भएको छ । दुई दिने सम्मेलनमा आदिवासी ज्ञानबारे विभिन्न अध्यताले २५ वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । साथै ‘विश्वविद्यालयमा आदिवासी जनजाति सम्बन्धी अध्ययन अध्यापन सम्भावना र चुनौती’ विषयमा समूह छलफल पनि हुने छ ।
उक्त कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आदिवासी मौलिक ज्ञान सिपलाई औपचारिक शिक्षाको पाठ्यक्रममा समेटिने बताए । आदिवासी ‘आदिवासी ज्ञान सम्बन्धित समुदायको मात्र होइन, मुलुकको सम्पदा हो’ सम्मेलनको उद्घाटन गर्दै मन्त्री पौडेलले भने, ‘आदिम ज्ञान सभ्यता, संस्कृति सामाजिक परम्पराको निरन्तरता हो । त्यसैले अब यसलाई विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा समेट्न जरुरी छ । म यसलाई लागू गर्न पहल गर्छु ।’
त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आदिवासी ज्ञान, सिपलाई पाठ्यक्रममा समेट्ने बताए । ‘परम्परागत ज्ञानलाई जनउपयोगी तुल्याउन औपचारिक पाठ्यक्रममा समेट्न आवश्यक छ,’ चार जात छत्तिस वर्णको फूलबारी सुन्दर बनाउन यहाँका हरेक जातजातिको भेषभूषा, परम्परागत ज्ञान सिपको संरक्षण संवर्द्धन गर्न अध्ययन, अनुसन्धान हुन जरुरी रहेको उल्लेख गर्दै उपकुलपति बास्कोटाले भने, ‘प्राचीन ज्ञानको पहिचान संरक्षण, संवर्द्धन गर्न त्रिवि आयोगलगायत विभिन्न सरोकार निकायस“ग सहकार्य गर्न तत्पर छ । आदिवासी ज्ञानलाई उजागर गर्दै विश्व समुदायमा पु¥याउन आवश्यक छ ।’
यसैगरी गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले आदिवासी ज्ञानसम्बन्धी औपचारिक पाठ्यक्रममा जोड्न नसकेको बताए । ‘देशको सामाजिक, सांस्कृतिक विविधता र सुन्दरता बचाउन यहाँको मौलिक ज्ञान, सिप परम्पराको अध्ययन अनुसन्धान आवश्यक छ,’ प्राध्यापक गुरुङले भने, ‘विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा राख्न हिमाल, पहाड र मधेसका लोकपरम्परा र ज्ञानलाई समेट्न जरुरी छ ।’ प्रदेशगत विश्वविद्यालयसमेत खुलेकाले ती विश्वविद्यालयले पाठ्यक्रममा समेट्नु पर्ने उनले जोडदिए ।
खुला विश्वविद्यालयकी उपकुलपति शीलु मानन्धर बज्राचार्यले आदिवासी ज्ञानको सूचीकरण हुनुपर्ने बताइन् । ‘आदिवासी तथा जनजाति समूहको के कस्ता ज्ञान, सीप छन्, त्यसलाई प्राथमिकताका आधारमा सूचिकृत हुनुपर्छ,’ ती ज्ञान, सिप परम्परालाई व्यवहारमा निरन्तरता दिंदा सामाजिक विकासमा टेवा पुर्याउन सकिने उल्लेख गर्दै बज्रचार्यले भनिन्, ‘ती ज्ञानलाई दीगो तुल्याउने विश्वविद्यालयले पाठ्यक्रममा समावेश गरी डिग्रीका रूपमा सर्टिफिकेसन गर्नुपर्छ । त्यसले रोजगारी सिर्जना गर्नसक्छ ।’
आदिवासी परम्परागत रक्सी पार्ने ज्ञान, मूर्तिकला, नृत्य, ओखतीमुला, भेषभूषा आदिलाई उद्यमसँग जोड्नु पर्ने बज्राचार्यले उल्लेख गरिन् ।
आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी ज्ञानलाई विद्यालयदेखि विश्वविद्यालयको पाठ्यक्रममा समेटेर उत्पादनसँग जोड्न सम्मेलनको आयोजना गरिएको बताए । ‘मुलुकको समृद्धिको आधार पर्यटन हो त्यसैले परम्परागत ज्ञान, सिप, कलालाई उद्यमस“ग जोड्न जरुरी छ,’ अध्यक्ष मगरले भने, ‘यसलाई सैद्धान्तिकीकरण गरी प्रवद्र्धन गर्न विश्वविद्यालयको पाठ्यक्रममा जोडेर लैजानुपर्छ ।’
सूचीकृत ६० आदिवासी जनजाति छन् । जनजाति समुदायले परम्परादेखि व्यवहारमा उतार्दै ल्याएका ज्ञान, सिप, कलाको औपचारिक अध्ययन अनुसन्धान हुन सकेको छैन । आयोगले त्यसको औपचारिक अध्ययन, अध्यापन तथा व्यवस्थापन हुनुपर्ने भनेको छ ।