७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

विश्वकप फाइनलमा अर्जिन्टिना र फ्रान्स



कतारमा जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा अर्जिन्टिना र फ्रान्स प्रवेश गरेको छ । बिहीबार बिहान भएको खेलमा फ्रान्सले मोरक्कोलाई पपराजित गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न शहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा पनि गरेका छन् ।

बुधवार भएको खेलमा २–० गोलले मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अफ्रिकी देश मोरक्कोको अभूतपूर्व उपलब्धिको उनीहरूले सराहना गरेका छन् ।

विश्वकपको इतिहासमा पहिलोपटक अफ्रिकी मुलुक मोरक्को सेमिफाइनलमा पुगेर फ्रान्ससँग आमनेसमाने भएकामा उनीहरू हर्षित थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ५ : १२ बजे