अमेरिकास्थित नेपाली दूतावासले टेक्ससमा कन्सुलर शिविर सुरु गरेको छ । नेपाली समुदायलाई लक्षित गर्दै आयोजित शिविरमा ५ सय १६ जना नेपालीले सेवा प्राप्त गरेको जनाएको छ । गत डिसेम्बर १५ तारिखदेखि टेक्सासको अर्भिङस्थित नेपाली सास्कृतिक तथा आध्यात्मिक केन्द्रको हलमा सञ्चालित शिविरमा राहदानी नवीकरण, गैरआवासीय नेपाली परिचयपत्र, विद्युतीय राहदानी र परामर्श सेवा प्रदान गरिएको थियो ।
डिसेम्बर १८ र १९ मा अस्टिनस्थित क्यन्स हल कन्ट्री रोड हुट्टोमा र २० तारिखमा हृयुस्टनको रिचमण्ड एभमा उक्त शिविर हुने भएको छ । शिविरमा वासिङटनडिसिस्थित नेपाली राजदुताबासका दितिय उत्तम घिमिरे, तृतिय सचिव राधारमण दुब्बे र दुताबासको अधिकृत कुमार श्रेष्ठ उपस्थित थिए । दूतावाससागै एनआरएनए टेक्सस च्याप्टर, नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, नेपाली समाज हृयुस्टन, ग्रेटर अस्टिन नेपाली सोसाइटी र क्रियटिभ नेप्लिज सोसाइटीको संयुक्त आयोजनामा शिविर सुरु गरिएको एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष सोफिन थापाले बताए ।
दूतावासले प्रदान गर्ने भनिएको अधिकृत वारेसनामा प्रमाणीकरण सेवा हाललाई विशेष कारणवश स्थगित गरिएको भए पनि नेपालीका लागि महत्वपूर्ण सरोकार राख्ने अन्य सेवाहरु भने पूर्वकार्यतालिका अनुसार नै सञ्चालन हुने जनाइएको छ ।