३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी



नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी भएका हुन् । महामन्त्री गगन थापालाई पराजित गरेर देउवा दलको नेता चुनिएका हुन् ।

देउवाको पक्षमा ६४ मत खसेको छ भने थापाले २५ मत प्राप्त गरेका छन् । देउवाले गगनलाई ३९ मतले पराजित गरेका छन् ।

पहिलो पटक देउवासँग ३० वर्ष कान्छा थापाले संसदीय दलमा भिडेका हुन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि सुरु भएको मतदान बिहान १० बजेतिर सकिएको थियो ।

समानुपातिक सांसद माया राई सुत्केरी भएकाले ॐ हस्पिटलबाट मत ल्याइएको हो ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १२ : २० बजे