४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

संघीय संसद्‍‌को अधिवेशन पुस २५ गते



राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गरेकी छन् ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍ भवनमा संघीय संसद्‍को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो । यसपटक प्रतिनिधिसभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहने छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ५ : ४५ बजे