प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्री बाँडफाँटमा सहमति जुटाएका छन् ।
सातवटा प्रदेशको मुख्यमन्त्रीमा ४–२–१ का आधारमा भागवण्डा मिलाएको बतायएको छ। बुधबार प्रधानमन्त्रीलाई भेट्न खुमलटार पुगेका ओलीसँगको छलफलमा त्यो सहमति भएको हो ।
एमालेको मुख्य सहयोगमा प्रचण्ड नेतृत्वको सरकार बनाएकोले उसले प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउने छ ।
माओवादी केन्द्रले बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लिनेछ ।
यसैगरी प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) र सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशमा आधाआधा कार्यकाल मुख्यमन्त्री चलाउने समझदारी भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सबै प्रदेशका मन्त्रीहरुका विषयमा पनि मोटामोटी सहमति भएको छ । तर, मन्त्री चयनबारे दलका शीर्ष नेताहरुको बैठक बसेर टुंगो लगाउने छ ।