९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

खुला र पारदर्शी छलफल कांग्रेसका दुई महामन्त्रीको अपील



नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले पार्टीमा भएका कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा शनिबार शुमकामना सन्देश जारी गर्दै उनीहरुले मंसिर ४ मा सम्पन्न निर्वाचनपछि मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको बताएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनको परिणामबाट सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको र त्यो अस्वभाविक नभएको बताउँदै उनीहरुले यसबेला आफूहरूमाझ दुईवटा दायित्व रहेको उनीहरुले बताएका छन् । उनीहरुले भनेका छन् – ‘पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने । दोस्रो, यसबीचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने ।’

सन्देशको पूर्णपाठ

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ४ : २६ बजे