प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्कने नेपाली नागरिकले आफूसँग दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्न फेरी निर्देशन दिएका छन् । विदेशबाट आउने नेपालीले ल्याएको एउटा अतिरिक्त मोबाइलको कर तिराउने वा जफत गर्ने गउन थालेपछि प्रधानमन्त्री दाहालले पुन निर्देशन दिएका हुन् ।
यसअघि दूरसञ्चार प्राधिकरणले विदेशबाट आउने नेपालीले एउटा चलाउँदै गरेको मोवाइलको प्रज्ञापन पत्र भरेर ल्याउन पाउने अर्को एउटाको १८ प्रतिशत भन्सार तिरेर ल्याउन पाउने र थप ल्याएमा जफत गर्ने नियम बनाएको थियो । त्यसै अनुसार विमानस्थल भन्सार कार्यालयले जफत गर्न थालेपछि प्रधानमन्त्रीले फेरी दुईटासम्म मोबाइल ल्याउन पाउने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
यसअघि नै प्रधानमन्त्री यस सम्बन्धमा निर्देशन दिएका थिए । विदेशबाट फर्किँदा दुई वटा मोबाइल ल्याउने विषयलाई सरल र सहज बनाउन नीतिगत जटिलता भए, त्यसलाई फुकाउन समेत प्रधानमन्त्री दाहालले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोजनका मालवस्तुसम्बन्धी आदेशमा विदेशबाट फर्किने यात्रुले एउटा मात्रै मोबाइल ल्याउन पाउने व्यवस्था छ । त्यही व्यवस्थालाई देखाएर भन्सारका कर्मचारीले एउटाभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिराउने गरेका छन् ।
सोमबार मात्रै अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका डीएल नेम्वाङले ल्याएको थप एउटा मोबाइल भन्सारले जफत गरेको थियो । उनीजस्ता धेरैले विमानस्थलमा यस्ता समस्या भोग्ने गरेका छन् । गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका थिए । उनको सो निर्देशनपछि पनि भन्सारका कर्मचारीले निजी प्रयोजनका मालवस्तुसम्बन्धी आदेशलाई लिएर प्रयोग गरिरहेको एउटाबाहेक अर्को मोबाइल ल्याएमा भन्सार तिराउनका लागि जफत गर्ने गरेका छन् ।
सोमबार मात्रै अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका डीएल नेम्वाङले ल्याएको थप एउटा मोबाइल भन्सारले जफत गरेको थियो । ‘मसँग एउटा आफूले चलाइरहने पुरानो मोबाइल छँदै थियो, अर्को एउटा नयाँ मोबाइल पनि ल्याएको थिएँ’ उनले भनेका छन्, ‘विमानस्थलमा अवतरणपछि चेकिङका क्रममा मैले ल्याएको नयाँ मोबाइल भन्सारका कर्मचारीले जफत गर्नुभयो ।’
ती कर्मचारीहरुलाई प्रधानमन्त्री दाहालको शुक्रबारको निर्देशनबारे आफूले जानकारी गराए पनि नमानेको उनले बताएका थिए ।