विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरुलाई कोलोराडो सरकारले विशेष सम्मान गरेको छ । कोलोराडोमा बसोबास गदै आइरहेका सगरमाथा आरोहीहरुलाई गर्भनर जारेड पोलिसले सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रमको पहल कोलोराडोमा बसोबास गदै आइरहेका शेर्पाहरुको पुरानो सस्था ‘ शेर्पा नाङपी छोक्पा’ को पहलमा गरेका थिए । कोलोराडो सरकारले सगरमाथा आरोहीहरुलाई सम्मान गरेको जनवरी ५ तारिखको दिनलाई शेर्पा दिवसको रुपमा मनाउने घोषणा गरेका छन ।
‘ कोलोराडो सरकारले नेपालको शाहसी आरोहीहरुलाई विशेष सम्मानसंगै त्यही दिनलाई शेर्पा दिवसको रुपमा घोषणा गरिदिएकोमा हामीलाई निकै खुसी लाग्यो’ कोलोराडो शेर्पा नाङपी छोक्पाको सचिव निमा शेर्पा भने—’ यो महत्वपुर्ण निर्णयको लागी कोलोराडो सरकारलाई हामी सस्थाको तर्फबाट धन्यवाद दिन चाहान्छु’ उनले बताए । उनका अनुसार यो विशेष सम्म्मान कार्यमा कोलोराडो निवासी नारायण श्रेष्ठ र पेम्वा तेन्जीङ शेर्पाले महत्वपुर्ण योगदान पुर्याएको बताए ।
