गोरखाको उत्तरी बिकट क्षेत्र चुमनुव्री गाउँपालिकास्थित ल्होको प्राचीन पुङ्चे हिनाङ गुम्बा आगोलागीबाट पूर्ण रूपमा नष्ट भएको हछ । मानव बस्तीभन्दा टाढाको यो गुम्बामा आगलागी हुँदा करिब ३० करोड रुपैयाँ बराबरको सामाग्रीका साथै बहुमुल्य पुस्तक तथा रेकर्डहरु जलेको बताइएको छ ।
मंगलबार दिउँसो सुरु भइको आगो राति १० बजेतिर मात्र निभाउन सकिएको बताइएको छ ।
बुधबार हेलिकप्टरमार्फत गण्डकी प्रदेशका सासंद नन्दप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी शंहरहरि आचार्य, एसपी केदार खनालसहितको टोली हिनाङ पुगेका थिए ।
त्यहाँ भित्र के–के सामान थिए भन्ने अन्दाज गर्न नसकिएको टोलीले बताएका छन् । बहुमूल्य मूर्ति, लिखतलगायतका सामान जलेर नष्ट भएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिकक अनुमान गरिएको छ ।