३ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026

दश वर्ष परानो मुद्दामा उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ



काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेमा पक्राउ गरिएका उनलाई धनगढी लैजाने भएको छ ।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । बाँकेबाट पक्राउ परेका उनलाई प्रहरीले कैलाली लैजाँदैछ ।

कैलाली जिल्ला अदालतले १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन । यो बीचमा उनी सांसद बनेर आएपछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।

कैलाली जिल्ला अदालतका तत्कालिन न्यायाधीश बिष्णु सुवेदीको इजलासले उनलाई ‘आगो लगायो’ मुद्दामा दोषी ठहर गरेको थियो । कैलालीको तत्कालिन बलिया गाबिसका महादेव बजगाईले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै चौधरीसहितका विरुद्ध किटानी जाहेरी दिएका थिए । यही मुद्दामा पर्शुराम चौधरी र बीरबहादुर चौधरीलाई पनि अदालतले दोषी ठहर गर्दै कैद सजाय र जरिवाना गरेको थियो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ४ : ३८ बजे