नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राईको नाम सिफारिस भएको छ । यस्तै विमल निभा (विमलकृष्ण श्रेष्ठ) उपकुलपतिमा सिफारिस भए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ अनुसार ११ सदस्यीय पदाधिकारीहरूको नाम बुधबार सिसफारिस गरेको हो ।
जसअनुसार सदस्यहरूमा मधुसुदन गिरी, कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली र धनप्रसाद सुवेदी रहेका छन् । नयाँ पदाधिकारीहरूलाई प्रधानमन्त्रीले नियुक्त गरेपछि उनीहरूको शपथग्रहण बिहीबार नै गरिने बताइएको छ।