कतारको दोहामा कार्यरत रञ्जित कुमार पालले युएईमा ८२ करोड ७० लाख रुपैयाा बराबरको चिठ्ठा जितेका छन् । उनले गत शुक्रबार अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा उक्त चिठ्ठा जितेको स्थानीय खलिजा टाइम्सले जनाएको छ । खलिजा टाइम्सका अनुसार पालले जनवरी १६ मा खरिद गरेको टिकट नम्बर २३२९३६ ले चिठ्ठा जितेका छन् ।
उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा काम गर्दै आएका छन । बिग टिकट र्याफल ड्रका प्रतिनिधिहरूबाट चिठ्ठा जितेको खबर सुनेर उत्साहित भएका पालले भनेका छन्, ‘म खुशी छु म यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्ने आशा गर्छु।’ यो चिट्टाको ड्रको क्रममा अन्य नगद र डि्रम कार पुरस्कार भारतीय नागरिकले जितेको जनाएको छ ।