१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

शेर्पा किदुगले न्युयोर्कमा भव्यताका साथ ल्होसार मनाउदै


Ang

७ फाल्गुन २०७९, आइतबार  

4
Shares


बौद्धधर्मवलाम्बी शेर्पा समुदायको महान चाड २१५० औ छुमो हृल्लो ( जलस्त्री खरायो बर्ष ) ग्याल्लो ल्होसार देश विदेश सवैतिर हर्षोल्लासका साथ मनाउने तयारी गरिरहेका छन । नेपाल बाहिर सवैभन्द धेरै शेर्पाको बसोबास रहेको अमेरिकाको न्युयोर्कमा यस पटक न्युयोर्कसिटिको मेयर एरिक एडम्बसको उपस्थितिमा भव्यताका साथ ल्होसार मनाउने तयारी गरिरहेको शेर्पा किदुग न्युयोर्कको अध्यक्ष छिरिङ शेर्पाले बताए । उनका अनुसार आइतबार बेलुकी गुथुक कार्यक्रमपछि सोमबार गुम्बा सरसफाई र सझावाट गरि मगलबार न्युयोर्कसिटिको मेयर एरिकको प्रमुख आतिथ्यमा विविध कार्यक्रमको साथ भव्यताका साथ ल्होसार मनाउने भएको छ ।

‘ हामी शेर्पा समुदायको महान चाड ल्होसारको पहिलो दिन न्युयोर्कसिटिको मेयरको उपस्थितिमा भव्यताका साथ ल्होसार मनाउने तयारी गरिरहेका छौ’ अध्यक्ष शेर्पाले भने—’ प्रवासमा आफनो भाषा,धर्म र संस्कृतिको संरक्षणका साथै विश्व शान्ति तथा मानव कल्याणको लागी शेर्पा किदुगले लामो समयदेखिन न्युयोर्कमा ल्होसार मनाउदै आएको हो ‘ । पहिलो पटक न्युयोर्कसिटिको मेयरको प्रमुख आतिथ्यमा हुन लागेको ल्होसार कार्यक्रममा आयोजक किदुगले आसपासको बाटोहरु बन्द गरेर दिनभरिनै विविध कार्यक्रम गर्न लागेको अध्यक्ष शेर्पाले बताए ।

उनका अनुसार ल्होसारको दिन विहान ६ बजेदेखिन धार्मिक पुजापाठसंगै गुम्ब्ाा दर्शन गर्नेहरुको लागी खुल्ला गरि ११ बजे मेयर उपस्थित भएपछि औपाचारिक कार्यक्रम, धर्मगुरुहरुको धार्मिक नृत्य, शेर्पा सस्कृति झल्कने मौलिक नृत्यको साथै उपस्थित सवैले विश्वशान्तिको कामना गर्ने भएको छ । कार्यक्रममा न्युयोर्कसिटिको तर्फबाट मेयर एरिकले शेर्पा किदुगलाई सम्मान गर्ने भएको छ । नेपाली समुदायको कार्यक्रममा न्युयोर्क सिटिको मेयर प्रमुखको रुपमा आउन लागेको संभवत यो पहिलो हुन सक्छ । शेर्पा किदुगले ल्होसारकै अवसर पारेर मार्चको ११ तारिख ल्होसार पार्टी आयोजना गर्ने भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १० : ५२ बजे