२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

बलत्कारका अभियुक्त अभिनेता पल शाहलाई सफाइ, छुटे कारगारबाट



बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ पाएर छुटेका छन् । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो ।

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिएका छन् ।

उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाह कारागार भएका हुन् । उनी मुक्त हुने बेला उनका समर्थकहरुको भीड लागेका थियो । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाह विरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ५ : १० बजे