४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

न्युयोर्कमा शेर्पा संघद्वारा ल्होसार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना


Ang

२२ फाल्गुन २०७९, सोमबार  

626
Shares


शेर्पा समुदायको महान चाड २१५० छयु मो ग्याल्बो ल्होसारको अवसर पारेर शेर्पा संघ अमेरिकाले न्युयोर्कमा ल्होसार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो । संघले ल्होसारको अवसरमा बर्सेनी न्युयोर्कमा शुभकामना आदानप्रदान कार्यक्रम गदै आएको छ । ज्याक्सनहाइटस्थित हिमालयन याक रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बाणिज्यदुत गणेश अधिकारी र विशेष अतिथि लामा टुल्कुले संयुक्त रुपमा छयोमि बाली उद्घाटन गरेका थिए । उक्त अवसरमा शेर्पा किदुगको रिग्सुङ लोप्टाको कलाकारहरुले शेर्पा भाषाको गीतमार्फत उपस्थित सवैलाई स्वागत गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथि अधिकारीले प्रवासमा नेपाली भाषा, धर्म र संस्कृति जगेर्नमा शेर्पा समुदायको भूमिका अग्रणी रहेको बताए । त्यस्तै विशेष अतिथि लामा टुल्कुले सबैलाई ल्होसारको शुभकामनासॅगै सबै प्राणी जगतको शुख शान्तिको लागि बौद्ध मन्त्रपाठ गरेका थिए । एनआरएन न्युयोर्क च्याप्टरका महासचिव बाशु लामिछानेले ल्होसार मान्ने सवै समुदायहरुले एकै दिन संयुक्त रुपमा मनाउन पहल गर्नुपर्ने बताए । शेर्पा संघ अमेरिकाका अध्यक्ष एपि शेर्पा लामाले प्रकृतिक रुपमा सदियौदेखि मनाउदै आएको ल्होसार भावी पुस्तामाझ संरक्षण गर्न संघले ल्होसार मनाउदै आएको बताए । उनका अनुसार संघको कार्यक्रमलाई एकाउन्टेन्ट प्रविण केसी, गोर्खा किचेनका सञ्चालिका ज्ञानु थापामगर, न्युयोर्कबासी अमृत योन्जन, मेक्सटेक्सका नन्दी ढकालले आर्थिक सहयोग गरेका थिए ।


उक्त अवसरमा एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पा, शेर्पा किदुगको बरिष्ठ उपाध्याक्ष तेम्बा शेर्पा, तामाङ समाजका अध्यक्ष विनिता तामाङ, गुरुङ तमु परिवारका अध्यक्ष मनिता गुरुङ, मगर संघका अध्यक्ष कुलदीप मगर, युएस नेपाल क्लाइबर्स संघका उपाध्याक्ष पासाङ शेर्पा, जिरेल समाजकी अध्यक्ष शान्ति जिरेल, भिजन नेपालका अधयक्ष मोहन श्रेष्ठ, शेर्पा संघका सस्थापक अध्यक्ष निमा शेर्पा,सल्लाहकार फुरि शेर्पा, संघका पुर्व अध्यक्ष एवं सल्लाहकार आङ जाङबु शेर्पा, नेपाने क्लबकाका अध्यक्ष छेवाङ शेर्पा , शेर्पा चलचित्र कुसुमका निर्माता तथा कलाकार फरादेण्डी शेर्पा, अपस्टेट न्युयोर्क शेर्पा कम्युनिटिका अध्यक्ष छिरिङ शेर्पा गर्जा, हामी ग्लोबल नेपालको धु्रव कुवर, एनआरएनको सल्लाह विरेन्दजंग केसी, शेर्पा किदुगको पुर्व महासचिव तथा संघको सल्लाहकार आङ तेन्डी शेर्पा, गुरुङ समाजको अध्यक्ष तरुण गुरुङ, संघको संरक्षक समितिका सदस्य सांगे दोर्जि शेर्पा , युएस नेपाल क्लाइबर्स एसोसियसनका अध्यक्ष पासाङ निमा शेर्पालगायतले ल्होसारको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ९ : ५३ बजे