९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

नर्थक्यारोलिनामा मनाईयो सामुहिक ल्होसार


Ang

२९ फाल्गुन २०७९, सोमबार  

138
Shares

नर्थक्यारोलिनामा बसोबास गदै आइरहेका हिमालयन बुद्धिष्ट समुदायले संयुक्त रुपमा ल्होसार कार्यक्रमको आयोजना गरेको छ । हिमालयन बुद्धिष्ट कम्युनिटी नामले चिनिन थालेको समुहमा नेपालका विभिन्न हिमालयन समुदायहरु शेर्पा, तामाङ, हृयोल्मो, हुम्लाका साथै भुटान र तिबेटेन समुदाय रहेका छन् । उनीहरुले पहिलो पटक सामुहिक कार्यक्रम गरेको हो । एक महिना अघिदेखि तयारी गरिएको ल्होसार कार्यक्रममा एक सय भन्द बढिको उपस्थिति थियो । कार्यक्रममा नेपाल, भुटान, तिबेटको साथै अन्य मुलुकबाट आएर नर्थक्यारोलिनामा बसोबास गदै आइरहेकाहरुको उपस्थिति थियो ।

आयोजक कमिटीले अतिथिहरुलाई हलभित्र प्रवेशसंगै छिमार, खाप्सा र छयाङले स्वागत गरेको थियो भने कार्वियक्विरममा विविध सांस्कृति कार्यक्रमको माध्यामबाट मनोरज्न दिईएको थियो । कार्यक्रममा बालकलाकारहरु सजिस बस्नेत, विक्की पाख्रिन, नोर्गेन शेर्पा, उर्गेन शेर्पा र अरविन पौडयालले ‘पुर्वको पश्चिम घर’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी नोर्गेन शेर्पा र उर्गेन शेर्पाले ल्होसारको बारेमा मन्तव्य दिएका थिए ।

उक्त अवसरमा नर्थक्यारोलिना नेपाली सेन्टर (एनसिएनसि) का अध्यक्ष आरपी पौडेलले हिमालय बुद्धिष्ठ कम्युनिटीको सामुहिक ल्होसारले सवै माझ एकताको सन्देश प्रवाह गरेको बताए । त्यस्तै कलाकारहरु सरिता राउत बस्नेत, पुजा अर्याल, मिना गौतम र इना राउतले ‘कालो चश्मा’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । जितमान बस्नेत र गंगा गुरुङले प्रस्तुत गरेको कार्यक्रममा सर्वाधिक रक्त दान गरेका अर्जुन मैनालीलाई धर्मगुरु गेसेलाबाट बुद्धको थाङकाले सम्मान गरिएको थियो भने समाजसेवी दिन्ढु लामालाई खादाले सम्मान गरिएको थियो ।

कार्यक्रममा गायकद्धाय शिसिर पौडेल र दिपक दवाडीको गीतमा सवै जना नाचेका थिए । यसपटकको ल्होसारको आयोजक समितिको सदस्यहरुमा ङिमा पाख्रिन, कर्मा शेर्पा, तेन्जी लामा हुम्ला, जाम्पेल हृयोल्मो, थिन्ले नाम्गेल तिबेटेन, जितमान बस्नेत र पेम्बाछिरिङ ढुक्पा थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ३ : ५१ बजे