३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

टेक्ससमा समाजसेवी कृष्ण लामिछाने मृत भेटिए



अमेरिकाको नेपाली समाज टेक्सस तथा जनसम्पर्क समितिका पूर्वअध्यक्ष कृष्ण लामिछाने आफ्नै निवासमा मृत भेटिएका छन् । लामिछाने मंगलबार साँझ टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पनि आबद्ध उनको मृत्युको कारण भने खुल्न सकेको छैन । स्व लामीछानेको दुई छोरि र श्रीमतिको उपस्थितिमा टेक्ससमा अन्तेष्टि गरिएको थियो ।

उनी लामो समयदेखि पारिवारिक समस्याले तनावमा रहेको निकटस्थहरूले बताएका छन् । गोर्खा घर भएका लामिछाने अमेरिकामा दुई छोरी र श्रीमतीका साथमा बस्दै आएका थिए ।

टेक्ससमा व्यवसाय गरेर बसेका उनी अमेरिकी नेपाली समुदायमा परिचित नाम हो ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ११ : ४३ बजे