२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

रामचन्द्रको ठाउँमा कांग्रेसले गोविन्द भट्टराई उठाउने



रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १ को सांसद पदमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार बनाउने भएको छ ।

कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको तनहुँ–१ का लागि तयारी गर्न भट्टराईलाई सभापति शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन् ।

देउवा निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकमा पनि तनहुँ–१ मा भट्टराईलाई उम्मेदबार बनाउने सहमति जुटेको स्रोतले जनाएको छ।

उनी कांग्रेसभित्र अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन् । भट्टराईले अहिलेसम्म संसदीय निर्वाचन लड्ने अवसर पाएका छैनन् । भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नवौँ अध्यक्ष रहिसकेका नेता भट्टराई १४ औँ महाधिवेशनमा सभापति देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ४ : ५२ बजे