लुम्बिनी सरकारबाट माओवादीलगायतका दलहरु हटेलगतै नेपाली कांग्रेसले सरकारको नेतृत्वमा दावी गरेको छ । कांग्रेसको लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबि पेश गरेका छन् ।
माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिए लगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । उनले ५४ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका हुन् ।
त्तजै ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए।
मन्त्रीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।
नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएका हुन् । फिर्ता लिनेमा एक स्वतन्त्र सांसद पनि छन् । दाबी पेश भएपछि प्रदेश प्रमुख शेरचनले संवैधानिक प्रक्रिया अनुसार अघि बढ्ने बताएका छन् ।
