रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली रहेको क्षेत्र तनहुँ– १ बाट उपनिर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले उम्मेदवारी दिएका छन् । यस क्षेत्रको लागि यि तीने झना नयाँ अनुहार हुन् ।
कांग्रेसले पुरानो विरासत भएको क्षेत्रमा विद्यार्थी र तरुण संगठनमा लामो समय काम गरेका नेता भट्टराईलाई अघि सारेको छ भने एमालेले पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल उम्मेदवार बनाएको हो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले हालैमात्र कांग्रेस छाडेका अर्थशास्त्री स्वर्णिम वाग्ले उम्मेदवार बनाएको छ ।
त्यसैगरी चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । तर नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएकाले आगामी बैशाख १० उपनिर्वाचन हुन लागेको हो ।
चितवन-२ मा एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । उनी एमाले चितवनका अध्यक्ष हुन् ।
त्यसैगरी चितवन २ बाट नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनी कांग्रेसका चितवन जिल्ला अध्यक्ष हुन् ।
त्यस्तै बारा– २ मा गठबन्धनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् । उनी गत मंसिर ४ मा जनमत पार्टीका अध्यक्ष सीके रावतसँग पराजीत भएका थिए ।
त्यस्तै बारा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वडीआईजी रमेश खरेललाई उम्मेदवार बनाएको छ भने एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।