३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

मेयर साहको निर्देशनपछि उठेन सिंहदरबारको फोहोर



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि सिंहदरबारभित्रको फोहोर उठाउन छाडिएको छ । वडा नम्बर ११ का वडाअध्यक्ष हिरालाल तुण्डुकारले आइतबार सिंहदरबारभित्रको फोहोर नउठाइएको बताए ।

‘मेयरसाबको निर्देशनपछि आज सिंहदरबारको फोहो उठाइएको छैन,’ तण्डुकारले भनेका छन् ।

शनिबारमात्रै मेयर शाहले फेसबुक मार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।

उपत्यकाको फोहोर नुवाकोट र धादिङमा व्यवस्थापनका लागि संघीय सरकार र तिनका निकायले असहयोग गरेको भन्दै उनले सो घोषणा गरेको हुन् ।

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन,’ उनले लेखेका थिए, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’

केही पछि उनले सरकार प्रति आक्रोश पोख्दै अर्को स्टाटस पनि लेखेका थिए । त्यसमा उनले सरकारप्रति आफ्नो कुनै सम्मान नरहेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ४ : १७ बजे