नया बर्ष जिपी कोईराला फाउन्डेशनले न्युयोर्क ज्याक्शन हाईट्स स्थित जुईस् हलमा नया वर्ष २०८० विशेष कार्यक्रमको साथ मनाइयो । कार्यक्रममा हिन्दु पण्डित उद्दव शास्त्री र बौद्धधर्म गुरु उर्गेन टुल्कुले नया बर्षको विशेष मन्त्र पाठ गरि कार्यक्रमको शुरुवात गरेका थिए । न्युयोर्कमा क्रियासिल विभिन्न संघसस्थाहरुको प्रतिनिधिहरु उपस्थित कार्यक्रममा अमेरीकी कंग्रेसकी कंग्रेसओमेन ग्रेस मिंगले आफुलाई नेपाली समुदायको औधी माया लाग्ने र हर सुखदुखमा साथ र सहयोग दिन तत्पर रहेको बताएकी थिए । त्यस्तै उनले फाउन्डेशनले समुदायमा गदै आएको गतिविधिको प्रसंसा गदै बधाई एवं धन्यवाद व्यक्त गरेका थिए ।
प्रमुख अतिथिको रुपमा उपस्थित न्युयोर्कस्थित कार्यवाहक महावाणिज्य दुत विष्णु प्रसाद गौतमले नंया बर्षको शुभकामना व्यक्त गदै नेपाल र अमेरिका बिचको घनिष्ठ पारस्परिक सम्बन्ध रहेको र जिपिके फाउण्डेशन अमेरिकाले सबै समुदाय संग हातेमालो गर्दै प्रशंसनीय कार्य गदै आएको बताएका थिए । अमेरिकामा पनि समाजसेवामा समर्पित भै नेपाल र नेपालीलाई चिनाउन र अमेरिकी निर्वाचित पदाधिकारीहरू संघ, प्रदेश, नगर र स्थानीय तहमा एउटा पुलको भुमिका यस फाउण्डेशनले गरेको उनले बताए ।
त्यस्तै न्युयोर्क राज्यको सिनेटर जोन लुले आफुलाई फाउन्डेशन र नेपालीवीच भेटघाट गर्न पाउदा आफनै घर आएको महशुस भएको वताउदै नेपाल र नेपालीको नववर्षले उन्नति र प्रगती गरोस भनी शुभकामना दिएका थिए । त्यसैगरि न्युयोर्क राज्यका अर्का सेनेटर माईकल जियानारिसले कोरोना कहरका बेला फाउण्डेशनले खेलेको भुमिकाको प्रसंसा गरेका थिए । न्युयोर्क राज्यकी प्रदेशसभा सदस्य जेनीफर राजकुमारले सबैलाई नया बर्षको शुभकामना व्यक्त गदै न्युयोर्कको नेपाली समुदायमा मानवीय सहयोग एवं समुदायको हकहितमा अग्रणी मोर्चामा रहेकोमा आफुलाई गर्वलागेको वताएकी थिइन । उनले आफनो पहलमा न्युयोर्क राज्यमा सगरमाथा दिवस र दिवाली विदा दिनेजस्ता विशेष कार्यहरूको शुरुवात गर्न पाएको खुसी एवै सवैलाई बधाई समेत दिएकी थिइन ।
यसैगरी न्युयोर्क राज्यकी प्रदेशसभा सदस्य जेसिका गोन्जालेज रोहासले जिपी कोईराला फाउन्डेशनको उच्च प्रशंसा गर्दै नेपाल र नेपालीको नववर्षमा विशेष प्रगतीको कामनासहित शुभकामना व्यक्त गर्दै फाउण्डेशनलाई सम्मान पत्रले सम्मान गरेका थिए । यसैगरी न्युयोर्क सिटी काउन्सील ओमेन जुली वांनले नया वर्षको शुभकामना दिदै आफु सदा नेपाली समुदायको साथ र सहयोगमा लागीपर्ने बचनवद्दता व्यक्त गरेका थिए । यसैगरी न्युयोर्क राज्यका नव निर्वाचित प्रदेशसभा सदस्य माननिय स्टेभेन रागाले शुभकामना व्यक्त गर्दै आफुले पछील्ला वर्षहरूमा फाउन्डेशनको गतिविधि नजिकवाट हेर्ने र सागै काम गरेको र अत्यन्त सह्रानीय कार्य गरेकोमा उच्च प्रशंसा गरेका थिए । औपाचारिक कार्यक्रमपछि
करीव ३ घन्टा सांगितिक माहोल भएको थियो । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले संचालन गरेको कार्यक्रममा वालकलाकारहरु क्रमशः नुयोङ राई, ओजा गुरुङ, श्रेया गौतम, स्वेरा कार्की, देचेन शेर्पा, एन्जेला साह र पेमा शेर्पा को नेपाली एंव मैथिली नृत्य उतकृष्ट रहेको थियो र यि नृत्य को कोरियोग्राफर वरिष्ठ नृत्य निर्देशक गोविन्द राई हुहुन्थीयो भने हास्यकलाकार महादेव त्रीपाठी, १७औं पटक गिनिज वर्ल्ड रेकर्ड विजेता दिनेश सुनार पार्कर, नेपाली लोक एवं आधुनिक गायक गायिकाहरूले आफनो कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई. तेम्बा शेर्पा, तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता गुरुड., तामाड. समाज अमेरिकाकी अध्यक्ष बिनीता तामाड., नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष नीसा सुनार, नेपाल भिजन अमेरिका का अध्यक्ष मोहन श्रेष्ठ, यु.एस. क्लाईम्बर्स ऐसोसिएसनका अध्यक्ष पासाड. निमा शेर्पा आदीले नंया बर्षको शुभकामना दिएका थिए । कार्यक्रममा युनाईटेड किरांत राई अर्गनाईजेसन अमेरिकाका उपाध्यक्ष केशव राम राई, पर्वत समाज अमेरिकाका अध्यक्ष हेमन्त मल्ल, मोरगं समाज अमेरिकाका संयोजक बिवेक पौडेल, एन.आर.एन. अमेरिका सल्लाहाकार बिरेन्ऽ जंग केसी, एन.आर.एन. अमेरिका न्युयेर्कका वरिष्ठ उपाध्यक्ष शोभा कान्त पाण्डे, एन.आर.एन. अमेरिकाका नेता द्वय दिन दयाल भण्डारी, बासु लामीछाने, नव नियुक्त क्मुनिटी बोर्ड ३ का सदस्य श्याम कार्की, समता गोल्वलका वरिस्ठ उपाध्यक्ष एवं सेन्ट्रल नासो लाएन्स क्लव अध्यक्ष टिकाराज ढकाल , एन आर एन ए अमेरिकाका वोर्डअफ डाईरेक्टर विश्वराज वांस्तोला , नारी एक्ताकी संयोजक शान्ती गुरुड., समाजसेवी एवं सेन्ट्रल नासो लाएन्स क्लव उपाध्यक्ष शंकर भण्डारी , लंगआईलेण्ड नेपाली समाजका महासचिव एवं वरिष्ठ समाजसेवी वावुराम शर्मा, वरिष्ट समाजसेवी आदित्य महर्जन, बिरेन्द्र मानन्धर, शान्ता रिसाल, वरिष्ठ नेपाली लोक गायक बिमल डांगी, वरिष्ठ नेपाली लोक गायीका संगीता थापा र लोकपि्रय गायीका/मोडल बसन्ती राई, मिथिला आर्ट ऐण्ड कल्चर अमेरिकाका संस्थापक अध्यक्ष एंव उद्धमी अमीत प्रताप साह , हेल्लो अमेरिका मिडीयाका सम्पादक सम्राट कार्की लगायतको उपस्थिती रहेको थियो।
फाउन्डेशनका आजीवन सदस्यहरूलाई कार्यवाहक महावाणिज्यदुत विष्णु प्रसाद गौतम र न्युयोर्क राज्यकी प्रदेशसभा सदस्य जेसिका गोन्जालेज रोहासद्वारा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।