२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

किरात याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशन सम्पन्न ।


Ang

४ बैशाख २०८०, सोमबार  

224
Shares

किरात याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशनले आगामी २ बर्षे कार्यकालको लागी दिपक थेबे लिम्बुको नेतृत्वमा २६ सदस्यीय कार्यसमिति चयन गरेको छ । चुम्लुङको नया कार्य समितिमा अध्यक्ष दिपक थेबे, बरिष्ठउपाध्यक्ष सरोज थाङ्देन, उपाध्यक्षहरु बिबस माङ्मु (म्यासाचुसेट्स ), निलमजबेगु (न्युयोर्क ), पुर्ण कुबेर थक्लुङ (मेरील्याण्ड ), महासचिव बिमल चेम्जोङ, सहसचिवहरु बन्दना तुम्बाहाङ्फे, घनेन्ऽ माबो ( मेरील्याण्ड ) र कोषाध्यक्षनिर्मला कन्दङ्वा चोङ्बाङ, सहकोषाध्यक्ष जीवन खजुम चयन भएका छन् । त्यस्तै सदस्यहरु क्रमश दिक्षा जबेगु ( न्युजर्सी ), सागर हाङसरुम्बा, केपी शेर्मा, निरु थेबे (न्युजर्सी ), नविना मादेन, धन योङहाङ, सन्तोष लाबुङ, सरस्वती कन्दङ्वा, सजनालिम्बु, सुर्य थेबे (मेरील्याण्ड ), किर्तन लिम्बु (मेरील्याण्ड ), सोनिया फागोयकयक (मेरील्याण्ड ), सुरेन्द्र थेगिम (ओहायो ), त्रिमेन माबो (मेरील्याण्ड ), बिपिन बिक्रम नेम्बाङ (भर्जिन्या ) र साबि लिङ्देन (न्युयोर्क ) लाई चयन गरेकोछ । न्युयोर्कमा सम्पन्न उक्त महाधिवेशनको खुलासत्र निवर्तमान अध्यक्ष सुमन थाम्सुहाङले अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा महासचिव सुर्य लिङ्देनले सस्थाको कार्यप्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा हालै मात्र पहिचानको आन्दोलनमा सहादतप्राप्त गरेका सहिद लाजेहाङ लिम्बु उर्फ पदम लिम्बुको फोटोमा माल्यार्पण गरि उनलाई सम्झेका थिए । कार्यक्रममा लोक चेम्जोङ, पुर्ण थेबे, दिपेश खाम्बेक र देबेन्द्र सम्बाहाङ्फेले पहिचानको मुद्धामा चुम्लुङ अमेरिकाले खेल्ने महत्वपूर्ण भूमिकाकोबारेमा आ आफनै भनाई राखेका थिए । मुनिन्द्र नेम्बाङ प्रमुख दिपेश लिम्बु र वीरेन्द्र लाबुङ सदस्य रहेको निर्वाचन समितिले निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरी सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : ४९ बजे