८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

न्युयोर्कको बाटोको नाम ‘तेन्जिङ नोर्गे शेर्पा’ राखिने


Ang

४ बैशाख २०८०, सोमबार  

222
Shares

न्युयोर्क सिटिले ७० औ एभरेष्ट डे को दिन एलमष्टस्थित ब्रोड वे र उडसाइड एभिन्युको सेभेन्टी फाइभ स्टि्रट बाटोको नाम तेन्जीङ नोर्गे शेर्पाको नाममा नामकरण हुने भएको छ । सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला राख्न सफल शाहसी आरोही तेन्जीङ नोर्गे शेर्पाको नाम न्युयोर्कसिटिले सम्मान स्वरुप बाटोको नाम दिएर सम्मान गरेको युएस नेपाल क्लाइबर्स एसोसियसन, शेर्पा किदुग र शेर्पा संघ अमेरिकाले जारी विज्ञाप्ती मार्फत जनाएको छ ।

तेन्जिङ नोर्गे नामकरणको लागी शेर्पा किदुग, क्लाइबर्स एसोसियसन र शेर्पा संघ अमेरिकाले सन २०१७ देखि संयुक्त रुपमा संयुक्त पहल गदै आउने क्रममा सन २०२१ मा न्युयोर्क शहरको डिस्टि्रक २५ काउन्सिल मेम्बर डयानिल ड्रोम मार्फत काउन्सिल विधेयक पारित गरि नामकरणको प्रक्रिया थाले अनुसार सन २०२३ मा सिटिले नामकरण गरिएको जनाएको छ । सर्वोच्च शिखर सगरमाथा पुग्ने पहिलो शाहसी नेपाली तेन्जिङ नोर्गेको सम्झनामा न्युयोर्कसिटिको बाटोको नामकरण गर्नमा विशेष भुमिका खेल्ने पुर्व काउन्सिल मेम्बर डयानिल ड्राम र न्युयोर्कसिटिलाई तीन वाटै सस्थाले विज्ञाप्ती मार्फत धन्यवाद ज्ञापन गरेको जनाएको छ । सस्थाद्धारा प्रेशित विज्ञाप्ती

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ९ : २४ बजे