राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बसेको तीन तले घरको छतबाट शंकास्पद रुपमा खसेर गम्भिर घाईते भएका उनैका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’ अझै बेसोसमै छन् ।
चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका–११ स्थित घरको छतबाट खसेर गम्भीर घाइते भएपछि उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ।
गम्भीर चोट लागेकाले उनको टाउकाको शल्यक्रिया हिजो नै गरिएको छ । अहिले पनि थापा भेन्टिलेटरमै रहेको उपचारमा संलग्न चिकित्सक डा. सुदीपराज केसीले जानकारी दिएका छन् ।
‘उहाँ अझै पनि होसमा आउन सक्नुभएको छैन्’, डा. केसीले मंगलबार बिहान भनेका छन्, ‘अहिले नै केही भनिहाल्न सक्ने अवस्था छैन। अस्पताल ल्याउँदा भन्दा स्वास्थ्यमा केही सुधार आए पनि अवस्था क्रिटिकल (गम्भीर) नै छ, स्वास्थ्य स्टेबल (स्थिर) नै छ।’
रास्वपाकै प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुप्रसाद राजवंशीलाई भने अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । चालक दिलबहादुर थापा र राजबंशी सँगै सुतेका थिए । रवि चुनावी अभियानमा क्रममा चितवन २ मा छन् ।
रविले भने यस दुखद् घट्नालाई राजनीतिकरण नगरी दिन सोमबार नै आग्रह गरेका छन् ।