२३ जेष्ठ २०८०, मंगलबार | Wed Jun 7 2023

अमेरिकी नेपाली समाज र हाम्रो दायित्व


Ang

१५ बैशाख २०८०, शुक्रबार  

60
Shares

मानब जीवन हो सबैको आफ्नै कथा छन्। मैले LIFE  IS  BEAUTIFUL JOURNEY OF STRUGGLE पुस्तकमा लेखेको छु “स्वदेश दुखै दुखको भकारी पनि होइन विदेश सुखै सुखको महासागर  पनि होइन। बर्मा  गए  पनि कर्म  संगै भने झैँ कसको  कहा कस्तो यात्रा सुख दुख कर्म जन्मदै तय भएका हुन्छ। जीवनको  नियति जन्मदै निस्चित्  भएको  हुन्छ। उसको सोच कर्म अनुसार नै प्रतिफल निर्धारण हुन्छन। त्यसैको कारण मानिस कहाँ बाट कहा पुग्छ कुनै ठेगान हुँदैन कहिले स्थान परिबर्तन हुन्छन कहिले भाग्य परिबर्तन हुन्छन महल बाट सडक सडक बाट महलको यात्राका हज्जारौ कथा हामीले पढेकै छौ। समय सम्पति र पद प्रतिष्ठा सधै सबैको साथमा हुँदैन रात र दिन झैँ सुख दुखका अबस्था परिबर्तन भै रहन्छ। म जस्तो अर्को र अर्को जस्तो म होस् वा हुन्छु भन्ने तर्क मुर्खता पूर्ण हुन्छ।

यो लेख अमेरिकी नेपाली समाजमा रहेको अकल्पनीय नकारात्मकभाव र पर पीडकता मानसिकताको बारेमा केन्द्रित छ।अन्दाजी २ लाख भन्दा बढी जनसंख्यामा  रहेको अमेरिकी नेपाली समाजको अमेरिकामा उपस्तिथी आधा शताब्दि भन्दा लामो छैन। अमेरिका मा प्रत्यक हफ्ता महिना बर्ष सैयौ चिकित्सक ,प्राध्यापक कानुनविद  ,अर्थविद ,(सी पी ए )नासाका बैज्ञानिक प्राबिधिक लगायत ब्यापार आदिमा गौरवपूर्ण र प्रेरक सफलता हासिल गरि रहेका छन्। हज्जारौ परिवारले आफ्नो सन्तानको भबिस्य लाइ अमेरिकाको माटोमा स्थापित गरि रहेका छन्।

यो देशमा हज्जारौ नेपालीले अद्भुत रुपमा आफ्नो योग्यता क्षमतामा उच्च शिक्षामा अग्रणी भूमिका खेली रहेका छन् नेपाली भाषा सस्कृति साहित्यको पहिचान लाइ स्थापित गर्न रात दिन सक्रिय रहेका छन् बिभिन्न राज्य र शहरमा बुद्ध पशुपति मन्दिर स्थापित हुँदै छन्। बिभिन्न शहरमा नेपाली भाषा स्कुल संचालन हुँदै गएका छन्   उत्तर अमेरिकामा साहित्य सृजना कला र कलाकारिताका को को कहा छन् ?नासामा  लगायत अमेरिकनको कुन कुन अनुसधान केन्द्रमा कति जना को को कंहा छन् ?के कति जनाले के के बिषयमा अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका छन् ?विधा बारिधि गर्ने बौद्धिक व्यक्तित्व हरु को को हुन् के के बिषयमा हो ?त्यसको खोजि हाम्रो चासो हुनु पर्दैन र ?खालि नकारात्मक बिबाद पिडा वियोग को समाचार मात्र खोज्ने अनि इक्स्क्लुसिभ /ब्रेकिंग  भन्दै प्रेसित गर्नु नै मेडिया र सामाजिक संजाल प्रयोगको लक्ष हो त् ? यस्तो समाचार लाइ प्राथमिकता दिनु पहिले एक पल सोचौ त् त्यहि अबस्था वा घटना आफु आफ्नो परिवार वा आफन्तकोमा  परेको भए कस्तो महसुस हुन्थ्यो होला ?अरुले गरेको BULLYING  पाच्य वा जायज भन्न सकिन्थ्यो होला ?के थाहा एक छिन पछी कसको जीवनमा के घट्ने हो तसर्थ मानबिय संबेदनसिलता र जिम्मेवारीपन नबिर्सौ हमेसा सकारात्मक सोचौ।  

अमेरिकाको राजनीति देखि समाज सेवा (रक्तदान लगायत घरबार बिहिन लाइ नियमित खाना खुवाउने सम्म ) र बिभिन्न प्रतिस्ठान हरुमा नेपालीको पहुच दिनानुदिन बढी रहेको छ। तर अचम्म लाग्छ यस्ता खुसि प्रेरक उत्साह बढाउने भए गरेका कामको खोजि अनुसधानका समाचार लेख्न हाम्रो अमेरिकी नेपाली समाजको मेडिया (अपबाद बाहेक )सामाजिक संजला संचालक हरु लाइ पटक्कै जागर चल्दैन  नेपाली मात्र होइन बिस्वकै मानिसको आकर्षण र सपनाको देश अबसरको खानि अमेरिकामा पनि मानिस नै बस्ने हो गुण अबगुण असल खराब त् हुन्छन पुग्छन नै     तर एकाध दुर्घटना वियोग अस्वाभाविक व्यक्तिगत वा पारिवारिक समस्या पिडा बिबादका  बिषय भने प्रथामिकतामा पर्ने /पार्ने किन हो ?सोचनीय भएको छ। मानबिय स्वभाब हो समाजको  घटना बिशेष लाइ मुख  देखि कान सम्म पुगेर बिश्राम लिनु पर्ने हो। त्यसो नभै  नकारात्मकभाव र परपीडक उदेश्य सहित तिल लाइ पहाड बनाएर अरुको दुख पिडा को तमासा बनाउने मानसिकता  जो अमेरिकी समाजमा /कानुन भित्र बस्छ के पाच्य हुन्छ र ?सामाजिक चेतना र कानुनी दायरा भन्दा बाहिर पुग्ने नकारात्मक र परपीडक प्रवृति सभ्य समाजको सूचक हुन् सक्दैन। गम्भीर भएर सोचौ बुद्ध ,महाबिर जैन ओशो बिबेकानंद गान्धी को समाजमा हुर्केर आएका हामीले के सिक्यौ ?अर्को बिरुद्ध चोर औला ठड्याउनु पहिले आफु प्रति लक्षित तिन औलाको जवाफ दिउ र आत्म समिक्षा गरौ के मैले आज सम्म कुनै गल्ति गरेको छैन ?भोलि पनि गर्ने /हुने सम्भावना छैन ?के म स्वयम् यो समाजको लागि सकारात्मक र अनुकरणीय पात्र बन्न सकेको छु ?के म प्रति समाजले  औलो ठड्याउँन  सक्ने कुनै गल्ति गरेको छैन र भोलि पनि गर्ने वा हुने छैन ?

सोचौ एक पटक आफै लाइ आफ्नो स्वार्थको अनुकुलता वा प्रतिकुलताको सिमित घेरामा खुम्चिएर अर्को व्यक्ति वा परिवार प्रति औलो तेर्स्याउने मेरो धर्म। कर्म हो र ?सोचौ आफ्नो परिक्षा आफै लिने गरौ कम्तिमा दिनको एक पटक आफै लाइ सोधौ म के गरि रहेको छु किन गरि रहेको छु ।

एक क्षणको नकारात्मक सोच र  अविवेकीपनले ठुलो दुर्घटना निम्त्याउन सक्छ भन्ने  मानबिय सम्बेदंसिलता लाइ बुझ्नु जरुरि हुन्छ। एक त् हामि प्रयाप्त सुचनाको पहुचमा नपुग्दै शंका र अनुमानमा धारणा बनाउन हत्तार गर्छौ अनि आफ्नो स्वार्थ लाइ प्राथमिकतामा राखेर पक्ष बिपक्षमा वकालत गर्न सुरु गर्छौ। आरोप दोष अपमान गालि खेदाई हाम्रो काम हो कि होइन ?सोच्न समेत फुर्सद लिदैनौ। दोस्रो यो समाज कानुन प्रक्रिया स्रोत क्षेत्राधिकार र सुचनाको यथेष्ट प्रमाण भएकै अबस्थामा  पनि समबन्धित पक्ष वा अधिकार प्राप्त अधिकारीको अनुमति बिना आरोप गालि गलौज गर्नु  घटना संग सम्बन्धित सामग्री अनाधिकृत रुपमा सार्बजनिक गर्न निषेध र दण्डनीय हुने कानुनि दयारा लाइ समेत बुझ्ने प्रयास गर्दैनौ।अमेरिकी नेपाली समाज किन अर्कोको व्यक्तिगत र पारिवारिक बिषयमा अनाबस्यक चासो राख्छ ?र आफ्नो स्वार्थ र पहुचको सिमित घेरा मा बसेर अबधारणा बनाइ सार्बजनिक गर्छ ?

हामि जे जस्तो प्रवृतिको कारण पिडित भएको कारण देश छोडेर यहा सम्म आइ पुग्यौ त्यहि नकारात्मक प्रवृति  (ATTITUDE )  लाई जीवन नै राख्ने ?अमेरिकी समाज कानुन ब्यबहार को पहुचमा हामि कहिले पुग्ने र नजिकको हुर्कदो पुर्खा लाइ के शन्देश दिने ?हाम्रो सामाजिक प्रवृति देखेर हाम्रा सन्तानले नाक खुम्च्याई रहेका छन् उनि हरु संग पो सिक्ने हो कि ? सक्छौ राम्रो गरौ सक्दैनौ कुनै बहानामा अर्को व्यक्ति र पारिवारिक पिडा वियोग दुख असफलताको बिषय लाइ सार्बजनिक गरेर परपीडक नबौ। आफ्नो पहुच भन्दा टाढा र सरोकार नभएको बिषयमा मेडिया /सामाजिक  संजालमा BULLYING  गर्न रोकौ। यस्तो नकारात्मक र परपीडक प्रवृति रोक्न वा न्यूनीकरण गर्न अमेरिकमा रहेका नेजा इन्जा एनआरएन एएनए लगायत हज्जारौ संघ सस्था हरुले आआफ्नो क्षेत्रमा चासो र जिम्मेवारी बोध गरि सक्रियता देखाउनु पर्ने होइन र ?संघ सस्था अमेरिकी नेपाली समाजमा रहेको मेडिया र सामाजिक संजालको अराजकता न्यूनीकरण वा निषेध गर्ने दायित्व निर्वाह गर्न सजग हुनु पर्छ।
  बिदेशी कर्म भूमिमा एक असल व्यक्ति वा नागरिकको भूमिका निर्वाह गर्ने हो भने देखेका भएका अपराध, गैर्ह कानुनि कामको सम्बन्धित निकायमा प्रमाण सहित जानकारी दिएर सहयोग गर्नु पर्छ नकी अनाधिकृत र अनुमान एबम आसंकाको आधारमा अबधारणा बनाएर  उपलब्धि सुन्य हुने सार्बजनिक चर्चा र तमासा बनाउनु हुन्छ। कानुनि राज्यको सम्मान गरौ।  थाहा भएको अर्कोको व्यक्तिगत वा पारिवारिक बिषय सार्बजनिक गर्न अमेरिका आइ पुगेको एउटा शिक्षित/चेतनसिल  व्यक्तित्वको लागी सम्मानित गराउने कारण हुन् सक्दैन। सबैले सबैको थाहा भएको व्यक्तिगत कुरो पारिवारिक कुरो सार्बजनिक गर्ने हो भने त् फेरी सबै  फर्केर पुग्ने त् उही  यो लोकमा आएको  गोप्य स्थान सम्म नै त् हो।

बुद्ध, महाबिर जैन ,गान्धी चाणक्य  को समाज बाट  अमेरिका सम्म आइ पुगेका छौ जहा स्वामी बिबेकानंदको उच सम्मान हुन्छ महर्षि बिस्व बिद्यालय स्थापित छन् सोच्नुस एक पटक हामी कस्तो बन्ने हामीले कस्तो शन्देश दिने बाँकी बिस्वको नेपाली समाज लाइ ?केहि गर्नु भन्दा अगाडी बोल्नु भन्दा अगाडी आफ्नो  “इच्छा र बिबेक “लाइ अगाडी राख्नुस गम्भीर रुपमा मनन गर्नुस र इच्छा लाइ होइन बिबेक लाइ प्राथमिकतामा राख्नुस। त्यसो गर्न सक्यौ भने BULLYING  ( अर्कोको अपमान बदनाम अरु लाइ गालि गलौज  आरोप धम्कि खेद्ने डर धम्कि दिने)गरेर खुसि हुने आनन्द लिने अरुको पिडा लाइ तमासा बनाएर मनोरंजन गर्ने मानसिकता परिबर्तन हुन्छ र स्वयम सम्मानित समानित उच्च मनोबलको हुन् सहायक हुन्छ।

सृष्टिकर्ता र बुबा आमाले तपाइँ हामि लाइ समाजमा नकारात्मकभाव व्यक्त गर्न अर्कोको व्यक्तिगत पारिवारिक बिषयमा चासो राख्न वकालत गर्न अर्को लाइ कुनै बहानामा खेद्न गालि गर्न धम्कि दिन दबाब प्रभाब अपमान गर्न भनेर जन्म दिनु भएको हो र ?यो क्षणिक जीवनको अमुल्य समय र उर्जा लाइ किन नकारात्मकभाव सोच्न र परपीडक बन्न खर्च गर्नु ?सकारात्मक सोच र प्रेरणादायी कर्मको बाटो  खोजौ रोजौत्यसै मार्ग बाट सामाजिक दायित्व निर्वाह गरौ। अमेरिकी समाजमा भिडले न्याय सम्पादन लाइ सहयोग गर्दैन अराजकता लाइ स्वतन्त्रताको नाममा स्वीकार पनि गर्दैन। राम्रो सुनौ राम्रो सुनाउ समाज लाइ उत्साह गौरबता थप्ने /गर्ने बिषय खोजौ। हतोत्साहित पार्ने चिन्तित पार्ने मसला सार्बजनिक नगर्दा चल्छ भने नगरौ। नबोल्दा चल्छ र कसैको बन्ने बिग्रने हुँदैन भने नबोलौ बेवास्ता गर्दा बिग्रदैन अरुको नोक्सान हुँदैन भने बेवास्ता गरौ। अरुको पिडा आँशु  विभत्सतता बिबाद लाइ कानुनले निर्देशित गरेको घेरा नाघेर तमासा बनाउँदा उचित हुँदैन। जिजस भन्नु हुन्छ “तिमीले आज सम्म कुनै गल्ति गरेका छैनौ भने मात्र अर्को प्रति औलो तेर्स्याउ “हामि मध्य कोइ छौ त्यस्तो ? त्यसैले अर्कोको व्यक्तिगत र पारिवारिक बिषय लाइ लिएर बेसरोकारको अर्को पक्ष बिरुद्ध BULLYING  गर्न छोडौ। परपीडक मानसिकता त्यागौ जुन दिन जीवनको अर्थ र गर्नु पर्ने कर्मको स्वयम् अनुभूति हुन्छ त्यो दिन पछुताउने र विक्षिप्त हुन् पुग्छन भन्ने मनोबिद हरु  मान्यता राख्छन। आफ्नो मूल्य बढाउँन अर्कोको अबमुल्यन नहोस। नकारात्मकभावपूर्ण र परपीडक सुचना प्रबाह गरेर समाज लाइ दुखि पिडित चिन्तित र आत्महत्याको सम्मको दुरुत्साहित गराउनुको  को बदला ध्यान योग अध्ययन भ्रमणमा उर्जा र समय खर्च गर्न सक्यौ भने स्वयमको लागि  केहि हद सम्म जीवन उपयोगी बनाउन सहयोग पुग्छ। अर्कोको स्वतन्त्रता बाच्ने अधिकार र गोप्यताको सम्मान गर्नु पर्छ भन्ने अमेरिकी समाज र कानुनको मान्यता र बिस्वास लाइ हामीले पनि मर्यादा गर्नु पर्छ। 

कतिपय घर झगडा हाम्रो कानमा आइ नपुग्दै सुल्झी सकेको वा मिलि सकेको हुन्छ अब त्यो कुरो मेडिया वा सामाजिक संजालमा नाम तोकेर वा नतोकेर व्यक्ति वा परिवार लक्षित मनसायले सार्बजनिक गर्ने हाम्रो सामाजिक प्रवृति रोक्नु पर्यो। हस्तक्षेप गर्नु पर्ने अबस्था हो भने सम्बन्धित निकाय लाइ जानाकारी दिएर वा बोलाएर हुनु पर्यो न कि परिवार भित्रैको एक अर्का माथि लगाउने दोष र आरोप लाइ सार्बजनिक तमासा यस्तो मठाधीश हुने मानसिकता अमेरिका को समाजमा अपाच्य मात्र होइन पिडा प्रदायक बनेको छ।
उदाहरणको लागी काल्पनिक घटना कोइ संग मिलन गए संयोग मात्र हुनेछ। एक महिला आफ्नो १२/१३ बर्षको सन्तान छोडेर अर्को पुरुष संग बिहे गर्छिन यो उनको सुख ख्गोज्ने आनन्द खोज्ने मन मिल्ने साथि खोज्ने वैयक्तिक स्वतन्त्रता र अधिकार होइन र ?तर हामि के गर्छौ फलानी आफ्नो हुर्कदै गरेको बच्चा लाइ छोडेर अर्को संग बिहे गरि निष्ठुरी गैर्ह जिम्मेवार आमा नामकी कलंक  भनेर एकातिर भन्छौ भने अर्को तिर लोग्ने अर्की सित लागेको रहेछ त्यस लाइ त् जेल हाल्नु पर्ने ब्ला ब्ला  अब महिला र पुरुष लाइ आफ्नो पक्षमा बोलेर आफु निर्दोष सावित गर्न एक अर्का लाइ नंग्याउने काम हुन्छ  बच्चा लाइ समेत तानेर मानसिक तनाव दिन्छन भने अर्थात घर झगडाको तमासा बनाइन्छ के यो प्रवृति सहि हो त् ?  अर्को पात्र छ समाजमा उ आफ्नी पहिलो श्रीमती लाइ कुटपिट गरि  जेल भुक्तान गरेर आएको केहि समय पछी उसले अर्कोको सम्बन्ध बिच्छेद गरिएकी श्रीमती संग बिहे गर्छ यो दुइ बिचको कुरो होइन र अर्कोको लागी चासो हुन्छ र ?तर त्यहि कुरो सार्बजनिक गर्ने ? हुन् सक्छ महिला लाइ  पुरुषको त्यो घटना थाहा छैन। अब उनि हरुको बिचमा द्वन्द उत्पन्न गराई दिनु महिलाको पुर्ब्पति र बच्चाको नाली बेली सार्बजनिक गरि दिनु ?गलत होइन र ?

अर्को प्रसंग एकै कार्यालयमा काम गर्ने अति मिल्ने दुइ साथि थिए एक अर्काको घरमा नियमित जस्तो आउने जाने गर्थे। एक दिन एउटा साथिले अर्को साथी लाइ सुन पसलमा एउटी महिला संग देखे। उनले टाढा बाट चासो दिएर पर्खेर हेरे। साथीले ति महिला लाइ केहि खरिद गरि दिए अनि अँगालो मारेर ट्याक्सीमा पठाई दिए र उनि आफ्नो गाडी लिएर घर गए। ति अर्को साथीले नकारात्मक सोचका साथ् पछाडी बाट फोटो खिचे र एक प्रति साथीको श्रीमती लाई पठाई दिए र सामाजिक संजालमा इक्स्क्लुसिभ समाजमा मै हु भन्ने को चरित्र पर्दाफास भनेर हाले। साथी घरमा पुग्दा श्रीमती सन्तान लाइ तेरो बाबु यस्तो उस्तो अब म बाच्दीन भन्दै डोरी हातमा लिएर बसेकी थिन के भो भनेर श्रीमानले सोध्दा थाहा भयो   उनले बहिनि लाइ तत्काल घरमा बोलाए  आखिर तिजको हफ्ता दिन अगाडी आफ्नी बहिनि लाइ कोसेली किनी दिएको रहेछ कहाको कुरो कहा पुगेर झन्डै बित्यास परेको अब त्यो साथी सकारात्मक हुन्थ्यो भने पसलमा छिरेर भेटेको भए सत्य थाहा हुन्थ्यो  प्राय हाम्रो मानसिकता त्यस्तै नकारात्मक छ। कसैले लेनदेनका कुरो आउछ सम्बन्धित निकायमा जानुको साटो सार्बजनिक गरिन्छ। लिनेको अबस्था खराब भएर फिर्ता गर्न असमर्थ भएको हुन् सक्छ तर त्यस लाइ सार्बजनिक रुपमा ठग को संज्ञा दिइन्छ र साथि आफन्त र पैसा पनि सधैको लागी गुमाउने काम हुन्छ। अबस्था परिबर्तन हुन्छ कुन पनि बेला अप्ठेरो दुखमा रहेको समाजको सदस्य  लाइ खेद्नु अपहेलना गर्नु बुद्धिमानी हुँदैन जसले उसको चिन्ता बढोस र जीवन देखि बिरत्तियोस यस्तो अविवेकी अमानविय कर्म अमेरिकी समाजको लागी स्वीकार्य हुँदैन। चाणक्य ले भन्नु भएको छ १ घरको (श्रीमान /श्रीमतीको )कुरो २ आफ्नो सम्पतिको र ३ आफ्नो अपमान भएको कुरो बाहिर अरु लाइ न भन्नु आफै लाइ पीडादायी हुन्छ अब हामि व्यक्ति वा परिवारले अर्को लाइ भन्न नखोजेको वा न चाहेको कुरो लाइ अर्को पक्षले सार्बजनिक गरि दिन्छौ भने हाम्रो न्यूनबिबेको परिणाम हो। देख्या नदेख्याई सुन्या नसुन्यै गर्नु पर्ने बिषय लाइ सार्बजनिक गरेर अराजकता र असहिष्णुता सृजना गराउनुले  कसैको भलो हुँदैन। सोच लाइ फराकिलो पारौ।

स्मरण रहोस हामि पल्लो घरमा चर्को स्वर सुनियो झगडा भएको थाहा  लाग्यो भने तत्काल प्रहरी लाइ जानकारी दिने तर आफु घर बाहिर निस्केर के भयो नभन्ने (हस्तक्षेप )नगर्ने समाजमा छौ।  छोरी ज्वाई १०/१२ बर्षका बच्चा लाइ । ४ दिन पुग्ने खाने कुरो ब्यबस्था गरेर कतै टाढा क्यासिनो गएको अर्को शहरमा बस्ने हजुर आमाले छोरीको घरमा फोन गर्दा थाहा पाइन् उनले तत्काल कानुन बिपरित कम उमेरको बच्चा लाइ घरमा छोडेर गएको खबर प्रहरी लाइ गरिन प्रहरीले बच्चाको सुरक्षा जिम्मेवारीमा  लिएर गयो बाबु आमा लाइ कानुन बमोजिम जेल भयो। अमेरिकी समाजमा हुनुको मतलब यो समाजको कानुन सामाजिक  सकारात्मक ATTITUDE  अध्ययन गर्ने सिक्ने ज्ञान लिने र ब्यबहारमा लागु गर्नु पनि त् हुन्छ।तपाइले जे गर्दै(लेख्दै ) हुनु हुन्छ त्यो तपाइको श्रीमान श्रीमती सन्तान लगायत टाढा टाढा बस्ने आफन्त हरुले समेत नियाली रहेका हुन्छन उनि हरु लाइ पनि जायज लागोस  तपाइको कर्म लाइ उनि हरुले पनि गर्ब गरुन।    

अन्तमा
महामानव गौतम बुद्धले भन्नु  भएको छ “मुर्ख आफु पनि जान्दैन अरु लाइ पनि मान्दैन तर्क र शंका र उपहास गरि रहन्छ। सोच्नुस त् आफ्नै भोलिको ठेगान छैन किन अर्कोको पछी लाग्नु ?किन खेद्नु ?के थाहा भोलि उसको दिन राम्रो र  आफ्नो दिन त्यो भन्दा खराब हुने हो कि ?समयले सधै साथ् कहा दिन्छ र ?बरु फुर्सदको समयमा अध्ययन र जीवन लाइ कसरि अर्थपूर्ण र सार्थक बनाउने सहज बनाउने शान्त बनाउने आनन्दित बनाउने तर्फ चिन्तन मनन गर्न सिकौ। अमेरिकी नेपाली समाजले महामानव बुद्ध महाबिर जैन गान्धी ओशो पाइलट बाबा खप्तड बाबा दिगम्बर मुनि जैन निर्मल जैन  हरु लाइ चिन्दैन ?यी महामानव हरु बाट केहि त् सिकौ अनुशरण गरौ ।  आफ्नो अन्तरात्मा लाइ सोधेर सुनेर दैनिक अगाडी बढाउ  अर्को लाइ बाच्न देउ खेद्ने काम तिम्रो जागिर होइन। तिम्रो अनुकुलता स्वार्थ र सोच अनुसार अर्कोले लाग्नु पर्ने हिड्नु पर्ने हो भने त् तिमीले बाँकी लाइ पागल बनाएर वा मारेर मात्र छोड्ने छौ।

श्रीमान श्रीमती र गधाको यात्रा र म हामीको सल्लाह र सुझाब र प्रतिक्रियाको मार्फत दिएको उपदेशात्मक कथा दोहोर्याउनु पर्छ र ?प्रत्यकको आफ्नो भाग्य र कर्म लाइ डोर्याउने तदनुरूपको सोच हुन्छ कोइ फुलको बाटो रोज्छन कोइ कांडाको त्यो रोजाई व्यक्तिगत स्वतन्त्रता हो र अरु कसै लाइ हानि निक्सानी पुर्याए दण्डित गर्ने कानुन बनेको हुन्छ तसर्थ बुद्धले भन्नु भएको छ जबर्जस्ति आफ्नो सोच अर्कोमा लाद्नु असहिष्णुता /मानसिक हिँसा हो। एकै घटना लाइ ज्ञानीले प्रेम पुर्बक हेर्छ पिडा देख्छ मुर्खले तमासा बनाउने गर्छ। अमेरिकाको बिभिन्न राज्य र शहरमा बुद्ध पशुपति मन्दिर हरु नेपाली  सास्कृतिक केन्द्र हरु बनि रहेका छन् अमेरिकी नेपाली समाजले बुद्ध दर्शन अनुशरण गरोस र शिब शक्ति हासिल गर्न सफल होस् समाज अनुकरणीय र प्रेमिल बनोस
अस्तु  

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ३४ बजे