४ असार २०८१, सोमबार | Mon Jun 17 2024

नक्कली भूटानी शरणार्थी प्रकरण: सचिव पाण्डे पक्राउ, एमाले नेता रायमाझीका बाबुछोरालाई पुर्जी



नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको आरोमा एमालेका सचिव टोपबहादुर राइमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यसअघि नै तत्कालिन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाको बिरुद्ध पनि पक्राउ पूर्जी जारी भइसकेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उनीहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा यसअघि तत्कालिन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईलाई पक्राउ गरिसकेको छ भने उनको छोरा निरजकोको नाममा पक्राउ पूर्जी जारी भइसकेको छ । यसअघि नै यसमा संलग्नहरु पक्रा परेको थियो । उनीहरुकै बयानको आधारमा पक्राउ गरिएको हो ।

सचिव टेकनारायण पाण्डे पक्राउ
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए । पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भूटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ५ : ४३ बजे