कृषि विज्ञ मदन राईलाई बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले शुक्रबार बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो ।
राईमाथि शुभम फाउन्डेसनले सञ्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यौन दु्र्व्यवहारबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको प्रहरीले जनाएको छ ।
बिहीबार सेतोपाटीले राईले शुभममा अध्ययनरत बिद्यार्थीहरुलाई बिशेष गरेर बालिकाहरुलाई यौन दुर्व्यबहार गरेको स्थलगत समाचार प्रकाशित गरेको थियो ।
शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।