४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

रविले भने– खुट्ट नकमाउनुस्, प्रधानमन्त्रीले भने – भ्रष्टाचारको फाइल खोलेको बेला समर्थन फिर्ता लिनुभो



प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूटानी शरणार्थी प्रकरणमा दह्रोसँग खुट्टा टेक्न आग्रह गरेका छन् ।

उनले उक्त सन्दर्भमा कुनै किसिमको दबाब छ कि छैन भनेर जिज्ञासा राखेको पनि बताएका छन् । तर उनले प्रधानमन्त्री दाहाल उच्च मनोबल रहेको र कु्नै किसिमको प्रभाव नदेखिएको पनि बताए ।

प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोलेको र यसलाई टुंगोमा पुर्‍याउने बताएका थिए । सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रधानमन्त्रीको गुनासो रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ६ : ३४ बजे