१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अमेरिकास्थित प्रवासी एकता मञ्चले भ्रष्टाचारको मुद्दा लगेकालाई स्वागत नगर्ने



प्रवासी नेपाली एकता मन्च अमेरिकाले भ्रष्टचारमा मुद्दा लागेका कोहि कसैलाइ स्वागत सत्कार नगर्ने तथा त्यस्ता पात्रहरु सहभागी कार्यक्रम वहिष्कार गर्ने जनाएको छ ।
साथै उसले अमेरिकामा रहेका अन्य संघसंस्थालाइ पनि त्यसै गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

मञ्चको तर्फबाट अध्यक्ष शंकर पन्तले जारी गरेको बिज्ञप्तिमा अमेरिकाको अग्रणी सामाजिक संस्थाको नाताले मन्च उक्त निर्णय गरेको उल्लेख गरिएको छ । साथै संविधान र कानुनलाई उल्लङ्घन गरेर आर्थिक अपराध गर्ने जोसुकै भए पनि उनीहरुलाई हदैसम्मको कारवाही हुनुपर्ने माग पनि गरेको छ ।

त्यसैगरी नक्कली शरणार्थी तथा आर्थिक अपराध कान्डको सत्य र तथ्यपूर्ण छानबिनको प्रकृयालाई कुनै पनि हालतमा कम्जोर हुन नदिएयोस र यो वाहेकको अन्य आर्थिक अपराध कर्महरुको पनि सत्य तथ्य छानविन गर्दै दोषीलाइ कारवाही होस भन्ने माग पनि मञ्चले गरेको छ ।

प्रेस बिज्ञप्ती :-

नक्कली शरणार्थी र भ्रस्टाचारले गिराएको छ देशको साख,
निस्पक्ष र सत्य तथ्ययुक्त छानबिन र सशक्त कारबाही हाम्रो माग !

मातृभूमी नेपालमा निरंकुश राजतन्त्रलाई बदलेर लोकतन्त्र स्थापना भएको तीन दशक भन्दा बढी भयो । राजनैतिक रुपमा ठुला ठुला परिवर्तनहरु भए । पञ्चायत र राजतन्त्रको अबशान पछि संघीय गणतन्त्र नेपालको स्थापना भयो । तर राजनीतिक चरित्र संस्कार र चिन्तनमा साँचो राष्ट्रवादीता र सभ्य लोकतान्त्रिक परिवर्तन आउनुको सट्टा धुर्त्यांइ र छदमभेषीता बिकशित भयो । त्यसले गर्दा नेपालको आर्थिक सामाजिक र राजनीतिक अवस्था लाई समेत बर्वाद गरेर भ्रष्टचारलाइ पुरै सङठित र संस्थागत गर्‍यो । अहिले देश आर्थिक रुपमा कंगाल र राजनैतिक रुपमा अस्थिर र द्वन्द्धरत रहिरहनुको मुल कारण यो पनि हो !

अहिले नेपालमा उदांगिएको नक्कली भुटानि शरणार्थी प्रकरणले भ्रस्टाचार अर्थात आर्थिक अपराध कतिसम्म संस्थागत छ भन्ने कुरा मात्र होइन देशको स्वाभिमान र शीर समेत निहुर्याएको छ । निश्चय पनि संस्थागत भ्रष्टचारलाइ अन्त्य गर्न धेरै चुनौतीहरुको सामना गर्नु पर्छ । तर पनि यो सरकार र खासमा गृहमन्त्रिले लिनु भएको शुरुवाती पहल प्रति हामी सम्मान ब्यक्त गर्दछौ । साथै आम जनता र अन्य परिस्थिती समेतले साथ दिएको यो सुनौलो अबसरमा आफु र आफ्नो पार्टी भन्दा पनि देशलाई माथि राखेर दृढता र निर्भिकता पूर्वक अगाडी बढदै भ्रष्टचार निर्मुल पार्न जोडदार माग गर्दछौ ।

लोकतन्त्रमा दलीय नेतृत्वनै नै भ्रस्ट भएपछि परिणाम त अप्रिय नै हुन्छ । अहिले देखिएको दलहरु प्रतिको आम वितृष्णा अराजनितिक माहोल र प्रतिगमनकारी शक्तिहरुको चुरीफुरी यसैको उपज हो ! अहिले शुरु भएको छानविनले नक्कली शरणार्थी प्रकरणमा केही आरोपिहरु पक्राउ परेका छन भने केही फरार भएका छन । जे होस यसले गर्दा धेरैको सातो गैसकेको छ र ठुला भनिने पार्टीहरुको श्रीष नेतृत्वनै लर्बराएको छ । यदी यो छानबिन प्रकृया सहि रुपमा अगि बढ्यो भने निश्चित रुपमा पक्राउ पर्नेहरुको यो संख्या बढने स्पष्ट संकेत देखिएको छ । यहाँहरुलाइ अवगत नै छ कि अमेरिकाको अग्रणी सामाजिक सँस्था , हाम्रो संगठन प्रवासी नेपाली एकता मन्च अमेरिका कुनै अमुक ब्यक्ति पार्टी समुह बाट सुशासन सहितको कानुनि शासनको सामान्य अवधारणालाइ समेत चुनौती दिन्छ अनि संविधान र कानुनलाइ उल्लङ्घन गरेर आर्थिक अपराध समेत गर्छ भने तिनीहरु जोसुकै भए पनि उनीहरुलाइ हदै सम्मको कारवाही हुनुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले यो नक्कली शरणार्थी तथा आर्थिक अपराध कान्डको सत्य र तथ्यपूर्ण छानबिनको प्रकृयालाई कुनै पनि हालतमा कम्जोर हुन नदिएयोस र यो वाहेकको अन्य आर्थिक अपराध कर्महरुको पनि सत्य तथ्य छानविन गर्दै दोषीलाइ कारवाही होस भन्ने जोडदार माग गर्दछ । यसको साथै प्रवासी नेपाली एकता मंच अमेरिकाले भ्रष्टचारमा मुद्दा लागेका कोहि कसैलाइ स्वागत सत्कार नगर्ने अनि त्यस्ता पात्रहरु सहभागी कार्यक्रम वहिष्कार गर्ने र अरु संग सँस्थालाइ पनि त्यसै गर्न अनुरोध गर्ने निर्णय गरको पनि जानकारी गराउन चाहन्छौं ।

शंकर पन्त
अध्यक्ष, प्रवासी नेपाली एकता मन्च अमेरिका

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : ४५ बजे