६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

भूटानी शरणार्थी प्रकरण : ३० जनाविरुद्ध राज्यद्रोहसहित पाँचवटा कसुरमा मुद्दा दर्ता (मुद्दाको पूर्णपाठसहित)



नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका ३० जनाविरुद्ध राज्यद्रोहसहित विभिन्न पाँच प्रकारका कसुरमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी बनाउन लागेको अभियोगमा पक्राउ परेकाहरुविरुद्ध ठगी, राज्यविरुद्व कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।

यसरी मुद्दा लाग्नेमा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा (फरार) लगायत छन् ।

यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी बिरुद्ध पनि मुद्दा लागेको छ ।

यस्तै केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन कुमार खरेल, राजेश अर्याल, हरिभक्त महर्जन र आशीष बुढाथोकी रहेका छन् ।

मुद्दाको पूर्ण पाठ पढ्नको लागि यो लंकमा जानुहोस् ।

https://drive.google.com/file/d/1WfHjeAx8-WtIwVuOWpK2ZyxlM8j-YKgi/view?usp=sharing

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ५ : ३४ बजे